अर्जुन भुसाल,भाद्र ९ अर्घाखाँची
सिलाईकटाई व्यवसायलाई राज्यले सम्मानित पेशाको रुपमा प्रवद्र्धन गर्नु पर्नेमा एक कार्यक्रममका सहभागीहरुले जोड दिएका छन् । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ अर्घााखाँची द्वारा प्रमाण पत्र वितरण तथा स्थानीय स्तरमा व्यवसायी संघ गठन कार्यक्रमका सहभागीहरुले नेपाल कपडा तथा सिलाई व्यवसायी संघका समस्या प्रति राज्य उदासिन भएको बताउँदै समस्या समाधानको निम्ति पहल गर्न राज्यको ध्यानाकर्षण गराए ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय सदस्य सुरेन्द्र परियारले सिलाइकटाई व्यवसायीलाई हर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताउँदै संघर्ष र छलफलका माध्यमबाट आफ्ना अधिकारहरु स्थापित गर्ने बताए ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष श्रीकृष्ण परीयारको अध्यक्षता र सचिव रुकबहादुर दर्जीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी, जिल्ला सचिव सुर्य प्रसाद भुसाल, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका वरिष्ठ सल्लाहकार रामबहादुर परियार, चेतबहादुर परियार, वावुराम परियार, सुर्य कुमार श्रेष्ठ मिना विश्वकर्मा, लगायतका वक्ताहरुले मन्तव्य राख्दै आफ्नो हक हित र अधिकारका लागि एक जुट भएर अघि बढ्नुको विकल्प नभएको बताए ।