बिक्रम पाण्डे,समानता भाद्र १० अर्घाखाँची :निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषीलाई कारबाहीको माग गदै आईतबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रदर्शन भएको छ । शान्ती बंगैचामा भेला भई अर्घाखाँचीबासीहरुले निर्मला पन्त लगायतका घटनामा संलग्न अपराधीहरुलाई कारवाही गर्न माग गरेका छन् । दोशीको पहिचान गरि कारवाही गर्नुको साटो न्याय माग्दा गोली ठोकेर राज्यले अन्याय गरेको अर्घाखाँचीबासीहरुको ठहर रहेको छ । जस्टीस फर निर्मला लेखिएको ब्यानर सहित स्थानीयहरु साझ पाँच बजे सन्धिखर्कमा जम्मा भई प्रदर्शन गरेका हुन् । शिव बेल्वासेको संयोजनमा भएको कार्यक्रमका सहभागीहरुले राज्य नै दोशीहरुलाई उम्काउने षड्यन्त्रमा लाग्नु निकै दुखद रहेको बताएका थिए ।