श्याम घिमिरे,भाद्र ७ अर्घाखाँची :नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीले जिल्लामा कार्यरत विभिन्न गैर सरकारी संस्थाको नामावली र कार्यक्षेत्रको बारेमा बिस्तृत बिबरण उपलब्ध गराउन माग गरेको छ । गैर सरकारी संस्थाहरुले जिल्लामा सामाजिक,राजनितिक, नागरिक क्षमता, र भौतिक बिकाशको निम्ती के कस्ता प्रभावहरु पारेका छन् , आर्थिक लगानीमा पारदर्शी छ कि छैन भनि गैर सरकारी संस्थाहरुको नामावली र कार्य क्षेत्र उपलब्ध गराईदिन सुक्रबार प्रमुख जिल्ला अधिकारि खिमराज भुसाल संग एक प्रतिनिधि मण्डलले भेटगरी माग राखेको हो ।
भुसाल संग नयाँ सक्ति पार्टी नेपालका केन्द्रीय संक्षक परिषद सदस्य राजजु नेपाली ,कार्यकारी सदस्य तथा जिल्ला ईन्चार्ज छन्द पन्थी, संघिय परिषद सदस्य तथा सनपा ईन्चार्ज टोप बहादुर बलाल ,कार्यालय सचिब पुस्करनाथ आचार्य र युवा शक्ति नेपाल जिल्ला संयोजक मनिष सिहंले गैर सरकारी संस्थाहरुको नामावली माग गर्नु भएको हो ।