अखिल छैठौं अर्घाखाँचीले असौजको पहिलो हप्ता २४ औं जिल्ला सम्मेलन गर्ने

Image may contain: 15 people, including Gopalprasad Bhattarai, people smiling, people standing and outdoorश्याम घिमिरे भाद्र ५ अर्घाखाँची:अखिल छैठौं अर्घाखाँचीले आसन्न असौजको पहिलो हप्ता २४ औं जिल्ला सम्मेलन सन्धिखर्कमा गर्ने भएको छ ।संगठनको मंगलबार सन्धिखर्कमा सम्पन्न भएको बैठकले “शैक्षिक ब्यापारीकरण र संघियता बिरुद्ध हाम्रो आन्दोलन,जनवादी शिक्षा र राष्ट्रियताको रक्षाका लागि २४ जिल्ला सम्मेलन”भन्ने मुल नाराका साथ असौज ५ र ६ गते सम्मेलन गर्ने निर्णय गरेको अखिल छैठौं अर्घाखाँचीले जनाएको छ ।

अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवर,राष्ट्रिय जनमोर्चा प्रदेश पांचका सदस्य शेर बहादुर बि.सी. र राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष थम्मन के.सी.को बिशेष उपस्थितिमा सम्पन्न बैठकले सम्मेलनलाई सफल पार्न गोपाल प्रसाद भट्टराईको संयोजकत्वमा ७ सदस्यिय मुल आयोजक समिति,पुरन नेपालीको संयोजकत्वमा ३ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र बिष्णु के.सी.को संयोजकत्वमा १ सय ५१ सदस्यिय प्रचार–प्रसार समितिको गठन गरेको छ ।

जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षता,उपाध्यक्ष बिष्णु के.सी.को स्वागत मन्तव्य र सह–सचिव सन्देश खनालको संचालनमा सम्पन्न बैठकले आसन्न असौजको पहिलो हप्ता हुने जिल्ला सम्मेलन र असौज २६,२७ र २८ गते झापाको बिर्तामोडमा हने संगठनको २१ औं राष्ट्रिय सम्मेलनलाई भव्य रुपमा सफल पार्न भाद्र महिनाभर जिल्लाका ६ वटै पालिकामा सांगठनिक गतिबिधिलाई तिब्र पार्ने,सांगठनिक अभियानको शिलशिलामा सामाजिक बिकृति,लैङ्गिक हिंसा,बलत्कार,लागुऔषध दुव्र्यशनीका बिरुद्ध सचेतना मुलक प्रशिक्षण संचालन गर्ने लगायतका निर्णय गरेको अखिल छैठौं जिल्ला सचिवालय सदस्य पुष्पा गैरेले जानकारी दिनुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.