अवान्छित गतिबिधि रोक्न बेरोजगारको अन्त्य हुनुपर्छ-छैठौं उपाध्यक्ष कुँवर

श्याम घिमिरे ,सन्धिखर्क एफएम भाद्र १

अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवरले समाजमा हुने अवान्छित गतिबिधि रोक्न बेरोजगारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।मुलुकमा दिन प्रतिदिन बलत्कार,लैङ्गिक हिंसा,चोरी जस्ता अपराधिक गतिबिधि हुनुमा केहीहद सम्म बेरोजगारीले पनि साथ दिएको छ, उपाध्यक्ष कुंवरले भन्नुभयो यसको निराकरणको निम्ती देशको बुर्जुवा शिक्षा प्रणालीलाई परिमार्जन गरि ब्यबहारिक र बैज्ञानिक शिक्षा लागु गर्नुपर्दछ ।

अखिल छैठौं प्रदेश ५ को आज कपिलवस्तुमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै उहांले यस्तो बताउनुभएको हो । समाजमा घट्ने यस्ता अपराधिक गतिबिधि रोक्न युवा बिद्यार्थीले सचेतना अभियान संचालन गर्नुपर्नेमा पनि उहांको जोड रहेको छ ।

प्रदेश कमिटी अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षता,उपाध्यक्ष सुमन भण्डारीको स्वागत मन्तव्य र सचिव सुरेश आचार्यको संचालनमा सम्पन्न बैठकले आगामी असौज २६,२७ र २८ गते झापाको बिर्तामोडमा हुन लागेको संगठनको २१ औं राष्ट्रिय सम्मेलनलाई भव्य रुपमा सफल पार्न यस प्रदेशका १२ वटै जिल्लामा सांगठनिक गतिबिधिलाई तिब्र पार्ने निर्णय गरेको छ ।

जस अनुसार यहि भदौ १५ गतेभित्रमा सबै जिल्ला कमिटिका बैठकहरु सम्पन्न गर्ने,असौज १५ भित्रमा जिल्ला सम्मेलनहरु गर्ने साथै यस बिचमा अन्धबिस्वास र कुरिति बिरुद्ध नागरिक सचेतना अभियान संचालन गर्ने लगायतका निर्णय गरिएको अखिल छैठौं प्रदेश ५ का कोषाध्यक्ष प्रकाश जि.सी.ले जानकारी दिनुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.