प्रधानमन्त्रीको स्वागतमा प्रदेशसभामा झकिझकाउ

भदौ २, २०७५ जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि २ नम्बर प्रदेसभालाई झकिझकाउ बनाइएको छ। आज प्रदेश २ को सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। प्रदेशभामा प्रधानमन्त्री ओलीको सम्बोधन हुने कार्यक्रमलाई लक्षित गरी सभा बैठकलाई विभिन्न झकीझकाउ सहित फूलमालाले सजाइएको हो। प्रदेशसभा भवनमा राष्ट्रिय जनता पार्टी नेपालका अधिकांश सांसदहरू अनुपस्थित रहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली  जनकपुरधाम विमानस्थलमा ओर्लिसकेका बताइएको छ।


source:thahakhabar.com

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.