श्याम घिमिरे साउन ३१ अर्घाखाँची
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पितामबर शर्मा भुसालले नेपाली जनताले लडेर ल्याएको लोकतन्त्र भएकोले यसलाई कसैलेपनी धरापमा पार्न नहुने बताउनु भएको छ । उहाँले अहिलेको सरकार बिकास निर्माणमा भन्दा अन्य कुराहरुमा अल्झीरहेको भन्दै जनताको भाबनालाई बुझेर काम गर्न आग्रह गर्नु भयो ।
रिपोर्टस क्लब नेपाल अर्घाखाँचीले बिहिबार सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै प्रमुख भुसालले यस्तो बताउनु भएको हो । सरकारले प्रेस स्वतन्त्रतामाथी अंकुस लगाउन नहुने भन्दै ,सबै पत्रकारहरुलाई आफ्नो पेसामा ईमान्दारीताका साथ लाग्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा मनतब्य राख्दै सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले भाद्र एक गते देखी लागुहुने नयाँ प्रेस ऐनले पत्रकारको अधिकार हनन् नहुने भन्दै पत्रकारहरु आफ्नो मानमर्यादामा रहनुपर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले राज्यको कानुन अनुसार सबैले आ–आफ्नो भुमिका निर्बाह गर्नुको बिकल्प नभएको बताउनु भयो । प्रहरी नायब उपरीक्षक नबराज मल्लले कानुनको सबैले पालना गर्नु पर्नुे कुरामा जोड दिनु भयो ।
अधिबक्ता जगनाथ भुसालले अहिलेको ऐन बर्तमान सरकारले ल्याएको नभई अघिल्लो सरकारले ल्याएको प्रस्ताब भएको हुनाले यो सरकारलालाई गाली गर्न नहुने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल,पत्रकार श्याम घिमिरे,कुसल भुसाल,राजमो उपाध्यक्ष गोपाल पौडेल,बिबेकशिल शाझा पार्टीका हरी भुसाल लगायतले मनतब्य राख्नु भएको हो । कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता,उपाध्यक्ष बिरेन्द्र केसीको स्वागत मनतब्य र अर्जुन भुसालको सन्चालनमा सम्पन्न भएको हो ।