घुस सहित यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारी पक्राउ

साउन २८, बुटवल
पछिल्लो समयमा अख्तियाको सक्रियता बढेको छ । केही समयअघि  गुल्मी र भैरहवाबाट घुस लिँदालिँदै एक–एक जना कर्मचारी पक्राउ गरेको थियो । बढ्दो भ्रष्टाचार रोक्न सक्रिय अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, बटवलले आज (सोमबार)  यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारीलाई  सेवाग्राहीबाट घुसलिँदै गर्दा  नगद सहित पक्राउ गरेको छ ।
कार्यालयका मेकानिकल इञ्जिनियर सरोजकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको कार्यालयबाट खटिएको टोलीले २० हजार नगदसहित पक्राउ गरेको हो ।
नयाँ सवारीसाधन दर्ताका लागि शाहले सेवाग्राहीबाट घुस लिन लागेको सूचनाका आधारमा पक्राउ गरिएको आयोगका बुटवल कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।
source:buddhabhumikhabar.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.