जेबी दर्लामी साउन २४ अर्घाखाँची
२४औं विश्व आदिवासी दिवस अर्घाखाँचीमा पनि सम्पन्न भएको छ । पहिचान, प्रतिनिधित्व र स्वायत्तता स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान भन्ने मूल नारा लेखिएको ब्यानरका साथ सन्धिखर्क बजार परिक्रमा गरी कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका सभापति पिताम्बर शर्माले यो देश एक सिंगो शरिर र यहाँका हरेक जातजाति त्यसका अँगहरु भएका कारण कुनै अँग दूर्बल भए शरिर बलियो नरहने बताए । उनले सबै आदिवासी जनजाति एक भएर अगाडि आए राज्यले हरेक सहयोग गर्ने पनि उल्लेख गरे ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल ले आफ्नो पालिकाभित्र हरेक जाति समुदायका आराधनास्थल रहेको अवस्थामा नेवार समुदायको कुलदेवता भिमसेनको मन्दिर पनि बनाउन आफू तयार रहेको जनाए । सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिक किशोरले पनि राज्यको प्रावधान र नीतिनियम भित्र रहेका हरेक सेवा आदिवासी समुदायलाई प्रदान गर्ने काममा आफू लागिरहेको बताए ।
कार्यक्रममा पत्रकार सहयोगी बिसी, नेपाल मगर संघका जिल्ला सल्लाहकार खिम घर्तिमगर, नेवा देय दबुका जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठ, कुमाल समाज सुधार समितिका जिल्ला उपाध्यक्ष बीरबहादुर मुखिया, तमू धिँ जोका जिल्ला अध्यक्ष गिरमान गुरुङ, नेपाल मगर संघ अर्घाखाँचीका सहसचिव दिनेश घर्तिमगर, सन्धिखर्क वडा नम्बर १ र २ का सदस्यद्वय सुमित्रा मुखिया र सुष्मा श्रेष्ठले ,विशेष नापी शाखाका प्रमुख खिम रानामगर, सिटीजन लाइफ इन्स्योरेन्सका प्रतिनिधि लक्ष्मण मरासिनी लगायतका शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम आदिवासी जनजाति महासंघ अर्घाखाँचीका अध्यक्ष अशोककुमार श्रेष्ठको अध्यक्षता सदस्य सीता श्रेष्ठको स्वागत मन्तव्य र सचिव नेत्र थापामगरको सन्चालनमा सम्पन्न भएको हो ।