नेविसंघको महाधिवेशन मंसिर २ भित्र हुन्छः नवीन्द्रराज जोशी

साउन २३, २०७५ काठमाडौंः नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले नेविसंघको महाधिवेशन मंसिर २ गते भित्रमा हुने बताएका छन्। नेविसंघको महाधिवेशनका लागि गठन भएको निर्देशन समितिका सदस्य समेत रहेका उनले भदौ २ गतेपछि तीन महिना म्याद थप्न सकिने भएकोले मंसिर २ सम्ममा जसरी पनि महाधिवेशन हुने बताए।  उनले नेविसंघ कांग्रेसको मुहान भएकोले मुहानलाई नसुकाउन समेत आग्रह गरेका छन्। नेविसंघ सुकेमा कांग्रेस पनि सुक्ने उनले बताएका छन्।

उनले महाधिवेशनको विकल्प महाधिवेशन नै भएकोले महाधिवेशन नगरी सुख नपाइने बताए। उनले निर्देशन समिति महाधिवेशनका लागि जति पनि लचक हुन तयार भएको समेत बताएका छन्। अहिले कांग्रेस र नविसंघ उस्तै उस्तै अवस्थामा पुगेको समेत उनले बताए। उनले पार्टी र नेविसंघ दुबै संस्थागत हुन नसकेकोले यो अवस्था आएको समेत बताएका छन्। नेविसंघले काठमाडौमा अायोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
source:thahakhabar.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.