अष्ट्रेलिया पुगेका अर्घाखाँचीका युबा द्धारा छात्रबृति बितरण

नबिन केसी साउन २२ अर्घाखाँची

बैदेशिक रोजगारिको शिलशिलामा अष्ट्रेलिया मा पुगेका जिल्लाका युवाहरुलाई गाउँकै चिन्ता रहेको छ । पैसा नभएका कारण बिद्यालय शिक्षा बाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले जिल्लाका ६१ वडाका बिद्यार्थीहरुलाई छात्रबृति बितरण गर्ने कामको सुरुवात गरेका छन ।

अर्घाखाँची जिल्लाबाट अष्ट्रेलियामा रोजगारको शिलसिलामा पुगेका युवाहरु मिलेर अर्घाखाँची अस्ट्रलिया समाज गठन गरेका छन । समाजले मगंलबार मालारानी गाउँपालिकाको कार्यालयमा ९ वटा वडाबाट एक एक जना बिद्यार्थीलाई प्रति बिद्यार्थी १० हजारका दरले छात्रबृद्धि रकम बितरण गरेको छ । उक्त रकम आफुहरुले उठाएर छात्रबृति बितरण गरेको समाजका सचिब मिनराज भुसालले बताए । ‘हामिले कापि किताब किन्न नसकेर बिद्यालय शिक्षाबाट बञ्चीत हुन नपरोस भनेर यो अभियान सुरु गरेका छौ ,यसलाई जिल्लाका सबै वडामा पु¥याउने छौ भुसालले भने ।

छात्राबृति बितरण कार्यक्रममा बोल्दै मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले युवाहरुको बिदेशी भुमीमा हुदाँ पनि जिल्लाको लागी केही गर्नु पर्दछ भन्ने सोचका साथ समाज सेबाको रुपमा छात्रबृति रकम बितरण गरेको प्रति समाजलाई धन्यवाद दिएका थिए।

पत्रकार सम्मेलनमा रूँदै किन क्षमा मागे डा. केसीले ?

पत्रकार सम्मेलनमा रूँदै किन क्षमा मागे डा. केसीले ?

भोक थाम्न सके, आँसु थाम्न सकेनन्

काठमाडौं : २७ औं दिनमा १५ औं अनसन तोडेका डा. गोविन्द केसी मंगलबार पत्रकारसँग हिक्कहिक्क गर्दै रोए। अनसन बस्दा बिरामीको उपचार गर्न नपाएकोमा डा. केसीले आँसु झारेका हुन्।

भुइमा आँसु खस्न नपाउँदै उनले हत्केलाले पुछे। रुँदै बिरामीसँग  क्षमा मागे। ‘यत्तिका दिनसम्म बिरामीको सेवा गर्न पाइन’, डा. केसीले रुदै भने, ‘त्यसका लागि  क्षमा चाहन्छु।’

चिकित्सा शिक्षा सुधारका माग पूरा गराउन उनी १५ औं पटकसम्म कठोर अनशन बसे। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसीले बिरामीका हातखुट्टा छुन नपाउँदाको पीडा आँसुमा व्यक्त गरे। लामो समयसम्म अनशन बसेका केसी आफन्त र विद्यार्थीको रेखदेखमा छन्। तर, अझैसम्म उपचारमा जुट्न सकेका छैनन्।

६१ वर्षीय डा. केसी पत्रकार सम्मेलनमा डाँको छोडेर रोएपछि सञ्चारकर्मी स्तब्ध बने। दाइको अवस्था देखेर सम्हाल्न भाइ किशोर अघि सरे। आफ्ना गुरु रोएको देखेपछि एमबीबीएस अध्ययनरत विद्यार्थी पनि दुःखी भए।

लामो अनसनपछि उपचारमा रहेका डा. केसी नौ बुँदे सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराउन मंगलबार पत्रकार सम्मेलनमा उपस्थित भएका हुन्।

बिरामीको सेवामा  सक्रिय हुन नपाउँदाको प्रसंग उठ्ने बित्तिकै उनी भावुक बनेका हुन्। बोल्दाबोल्दै केही बेर रोकिए। फेरि बोल्न खोजे, सकस भयो। मुन्टो घोप्टो लगाएका केसीको मुखबाट शब्द निस्किएन। एक्कासी रुवाइको डाँको फुट्यो। भोक थाम्ने केसीले आँसु रोक्न सकेनन्।

साउन १० गते नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत जिम्मेवार नेताको पहलपछि उनले १५ औं पटकको अनशन टुंग्याउने सहमति गरेका थिए। मंगलबार नौ बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता घर्किन दुई दिन बाँकी रहँदा उनी ध्यानाकर्षणका गराउन सञ्चारकर्मीको सहारा लिंदै थिए।

उनले कठोर हुँदै भने,‘तोडमोड नगरी चिकित्सा शिक्षा ऐन शीघ्र जारी हुने विश्वास लिएको छुँ। त्यसमा छलछाम भएको खण्डमा कडा भन्दा कडा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने छुँ।’ जुम्ला र काठमाडौंमा अनशन बसेका केसीले फेरि अनशन बस्ने अवस्था आउन नदिन संसदबाट अविलम्ब ऐन जारी गर्न माग गरे।

सहमतिको आठौं बुँदामा भएको सहमति  अनुरुप मन्त्रिपरिषदबाट अनुमोदन गर्न सरकारलाई स्मरण गराए। चिकित्सा शिक्षा ऐन बाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउने तथा जाँचबुझ आयोगले दोषी ठहर्‍याएका पदाधिकारीलाई कारवाही गर्नेलगायत सम्झौताका बाँकी ६ बुँदालाई समेत कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराए।

बिसन्चो भएका कारण बिरामीको उपचारमा संलग्न हुन नसकेको उनले बताए। ‘अलि ठिक भयो भने एक दुईदिनपछि उपचारमा जुट्नु पर्ला’, डा. केसीले थपे।

source:annapurnapost

बस र ट्रक ठोक्किँदा चार जनाको मृत्यु, १७ घाइते

साउन २३, २०७५ चितवन : रत्ननगर नगरपालिका–१० भानुचोकमा मंगलबार राति बस र ट्रक एकापसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक र काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

राति करिब ११ बजे भएको उक्त दुर्घटनामा परी ट्रकका चालक रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ, सहचालक सोही ठाउँमा ३० वर्षीय बुद्धिमान लामा र बसका यात्रु नाम नखुलेकी एक महिला र काठमाडौं थानकोट–३ का ४८ वर्षीय विष्णुप्रसाद थापाको मृत्यु भएको प्रहरीले जनाएको  छ।  गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा चितवन मेडिकल कलेजमा तीन जना र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा एक जनाको राति नै मृत्यु भएको हो।

घाइते १७ जनामध्ये १३ जनाको कलेज अफ मेडिकल साइन्सेजमा र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
source:thahakhabar.com