प्रेमनारायण आचार्य अर्घाखाँची २३ साउन ।
नेपाल यातायात मजदुर संघ अर्घाखाँचीद्धारा सञ्चालित विपि सिद्धान्त विकास सस्था नेपालको दोस्रो साधारण सभा तथा प्रथम अबिधेसन सन्धिखर्कमा सम्पन्न भएको छ ।
साधारण सभा तथा प्रथम अबिधेसनको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका संयोजक पिताम्वर शर्माले सबै मिलेर विकास निर्माणमा लाग्नु पर्ने बताउनु भयो । यातायात मजदुरहरुले खोलेको सस्थाको उदेश्य प्राप्त होस भनि सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।
नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कानले विपिको सिद्धान्तलाइ आत्मसाथ गरेर अगाडी बढ्न सबैलाइ आग्रह गर्नु भयो । उहाले सरकारले जनतालाइ ढाड सेक्ने गरि मुल्यबृद्धि र भ्रष्टाचार उपहार दिएकोले कांग्रेस सडकमा उत्रेको बताउनु भयो ।
उद्घाटन समारोहमा नेपाल ट्रेड युनियन कांग्रेस प्रदेस पाँचका सचिव नन्दराम भटराइ, जिल्ला अध्यक्ष सुमन्त प्रसाद बस्याल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सस्थापक सभापति तथा ट्रेड युनियन कांग्रेसका केन्द्रिय प्रतिनिधि विष्णु प्रसाद भुसाल, उद्योग वाणिज्य संघका देवराज श्रेष्ठ, अशोक श्रेष्ठ, नेपाल स्वास्थ्य कर्मि संघका जिल्ला अध्यक्ष गणेशराज पौडेल, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य, केन्द्रिय प्रतिनिधि विरेन्द्र केसी लगायतले मन्तब्य राखेका थिए ।
अबिधेशनले आत्मसिंह घर्तीको अध्यक्षतामा निर्विरोध रुपमा नँया कार्य समितिको चयन गरेको छ । जस्को उपाध्यक्षमा डिलाराम बन्जाडे, सचिव शुसिल खनाल, सहसचिव पुनम घर्ती, कोषाध्यक्ष हरि प्रसाद पन्थी, र सदस्यहरुमा मिना श्रेष्ठ, डम्वर श्रेष्ठ, राजु श्रेष्ठ र अशोक भुसाल रहेका छन ।
कार्यक्रम विपि सिद्धान्त विकास सस्थाका अध्यक्ष आत्मसिंह घर्तीको अध्यक्षता, शुसिल खनालको सञ्चालन र डिलाराम पाण्डेको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।