बस र ट्रक ठोक्किँदा चार जनाको मृत्यु, १७ घाइते

साउन २३, २०७५ चितवन : रत्ननगर नगरपालिका–१० भानुचोकमा मंगलबार राति बस र ट्रक एकापसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक र काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

राति करिब ११ बजे भएको उक्त दुर्घटनामा परी ट्रकका चालक रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ, सहचालक सोही ठाउँमा ३० वर्षीय बुद्धिमान लामा र बसका यात्रु नाम नखुलेकी एक महिला र काठमाडौं थानकोट–३ का ४८ वर्षीय विष्णुप्रसाद थापाको मृत्यु भएको प्रहरीले जनाएको  छ।  गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा चितवन मेडिकल कलेजमा तीन जना र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा एक जनाको राति नै मृत्यु भएको हो।

घाइते १७ जनामध्ये १३ जनाको कलेज अफ मेडिकल साइन्सेजमा र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
source:thahakhabar.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.