साउन २१, २०७५ चितवन : विभिन्न स्थानमा पहिरो खस्दा चितवनको नारायणगढमुग्लिन सडकखण्ड सोमबार बिहान ५ः५५ बजेदेखि अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ घुमाउने र इच्छाकामना गाउँपालिका–६ स्थित जलवीरेमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको हो। पछिल्लो एक साताको अन्तरालमा यो दुई स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ। सडक अवरुद्ध हुँदा लामा तथा छोटा दूरीका सवारी साधनहरु बीचमै रोकिएका छन्। पहिरो पन्छाउने काम सुरु भएकाले सुरक्ष्ति स्थानमा सवारी राख्न र ओभटेक नगर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालकहरुलाई आग्रह गरेको छ।