सहयोगी बि. सि. साउन २१
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क बाट जिल्ला कै मथुराबेशीको लागि छुटेको यात्रु बाहक जिप दुर्घटना हुंदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा ४ कोटफेराका ३६ बर्षिय सन्तोष भुसाल रहेका छन। लु. १ ज १७७० नम्बरको उक्त जिप सडक बाट अन्दाजी ४० मिटर तल बारिमा खसेको थियो। पानी परेर चिप्लो सागुँरो बाटोबाट जिप तल खसेको थियो ।
मथुराबेशिमा यात्रुलाई पुर्याई आफ्नो घर फर्कने क्रममा सन्धिखर्क तम्घासको मुल सडक हटिया कोटफेरा भित्री साइड बाटोमा सो जिप दुर्घटना भएको थियो । सोमबार बेलुकी ८ बजेतिर भएको उक्त घटना पछि मंगलबार बिहान जिल्ला अस्पताल अर्घाखाँचीमा जिप ब्यबसायी समिती निजका आफन्त लगायतको बाक्लो उपस्थिति रहेको छ। मृतक भुसालका श्रीमती र २ छोरी रहेका छन। उहाँ जिपको साहु र चालक दुबै भएको र बिगत ११ बर्ष देखि जिप चलाउँदै आइरहनु भएको बुझिएको छ।