अखिल छैठौ अर्घाखाँची द्धारा सांगठनिक गतिबिधिलाई तिब्रता

गोपाल भट्टराई,भाद्र १५ अर्घाखाँची

सामाजिक अन्धबिस्वास र बिकृतिका बिरुद्ध सचेतना अभियान थालेको अखिल छैठौं अर्घाखाँचीले आज अर्घारजस्थल मा.वि.सन्धिखर्क ९ अर्घामा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा छैठौंका जिल्ला उपाध्यक्ष बिष्णु के.सी.,सह–सचिव सन्देश खनाल र सदस्य आकाश भाटले समाजमा घटिरहेका बलत्कार,हत्या,लैङ्गिक हिंसा तथा सामाजिक कु प्रथा बिरुद्ध सचेतना मुलक मन्तव्य राख्दै सामाजिक बिकृतिका बिरुद्ध युवा बिद्यार्थीले घर–घरमा सचेतना गराउनुपर्नेमा जोड दिनुभएको छ ।

आसन्न असौजको ५ र ६ गते सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन गर्ने तयारी गरेको छैठौले सम्मेलनको पूर्व सन्ध्यामा सांगठानिक गतिबिधि साथसाथै सामाजिक सचेतना अभियान पनि संचालन गरेको हो ।विद्यालयमा बिषयगत प्रशिक्षण पछि आजै सम्पन्न सांगठानिक भेलाले लक्ष्मण बि.सी.को अध्यक्षतामा ९१ सदस्यिय अखिल छैठौं अर्घा रजस्थल मा.वि.मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा मनिष खनाल,सचिव कविता खत्री,सह–सचिव बिक्सान खत्री र कोषाध्यक्षमा रबिन परियार निर्बाचित हुनुभएको छ भने मनिषा थापा,सम्झना श्रेष्ठ,बिपना खत्री,आयुष्मा खत्री र निराजन पौडेल सचिवालय सदस्यमा चयन हुनुभएको अखिल छैठौं अर्घाखाँचीले जनाएको छ ।

Advertisement

पालिका केन्द्रको बिरोधमा गरिएका सबै कार्यक्रम स्थगीत

नबिन के.सी,भाद्र १५ अर्घाखाँची :
मालारानी गाउँपालिकाको केन्द्र एक राते राख्ने निर्णय भए संगै दहबजार बासी आन्दोलनमा उत्रिएका पक्ष र गाउँपालिका बिच सुक्रबारछलफल भएको छ । छलफल पछि आन्दोलनका सबै कार्यक्रम स्थगीत गरिएको सर्घष समितीका संयोजक शोभाखर खनालले जानकारी दिनु भयो । आज भएको छलफलबाट गाउँपालिका अध्यक्ष उपाध्यक्षले निर्णय पुर्न बिचार गर्नको लागी पहल गर्ने सहमती भएको छ ।

आगामी २१ गते कार्यपालिका सदस्य र सघर्ष समितीका प्रतिनिधीहरु बिच छलफल गर्ने गरि निर्णय भएको अर्का सघर्ष समितीका अध्यक्ष ईश्वरी खनालले बताए । लामो समय बिबाद भएपछि प्रक्रियामा रहेर गरिएको निर्णयमा बिरोध भएपछि त्यसलाई पुर्न बिचार गर्न कार्यपालिका सदस्यहरुलाई आग्रह गर्ने गरि आन्दोलनरत पक्ष संग छलफल गरेको पालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनु भयो । एक बर्ष सम्म कार्यदल बनाएर स्थान छनौट गर्न नसकेपछि प्रकृयामा जानु पर्ने पालिकाको बाध्य भएको समेत आचार्यले बताउनु भयो ।

वडा स्तरीय हाजिरी जबाफ प्रतियोगीता सम्पन्न

नबिन के.सी भाद्र १५ अर्घाखाँची :
बाँगीका सबै शैक्षिक संस्थालाई नमुना बनाउनु पर्ने र बिद्यालयलाई आव्यसक पर्ने शैक्षिक साम्रागीमा कुनै कमिहुन नदिने वडा अध्यक्ष शोभाखर भुसालले बताउनु भयो । बाँगीमा कुनै बिद्यार्थी कापी कलम किन्न पैसा नभएर बिदयालय छाड्न नपर्ने त्यसको लागी वडा तथा नेनाज फाउन्डेसन तयार रहेको बताउनु भयो ।

मालारानी गाउँपालिका वडा नम्वर ५ को आयोजनामा बागी स्तरीय हाजिरी जबाफ प्रतियोगितामा बोल्दै भुसालले सो कुरा बताउनु भयो । वडाले यसरी हाजिरी जबाफ प्रतियोगीता राखेर बिद्यार्थीहरुलाई सिर्जनशिल काम गरेको भन्दै स्रोत व्याक्ति मोतिराज शर्मा पौडेलले बताउनु भयो ।

मालारानीका सबै बिद्यालयलाई नमुना बनाउनको लागी अभिभाबक ,बिद्यार्थी र शिक्षक लागनु पर्ने शान्ति मा.बिका प्रध्यानाध्यापक मानबहादुर पाण्डेले बताउनु भयो । आज भएको प्रतियोगीतामा शान्ति मा.बिका अमित खड्काको समूह प्रथम ,सिद्ध मा.बिका गंगा कुवँरको समूह द्धितीय ,जनता आधारभुत बिद्यालय प्रशंसा भुसालको समुह तृतीय र सुन्दर आधारभुत बिद्यालयका समिर के.सीको समूह सान्तवना भएको छ । सोही कार्यक्रममा नेनाज फाउन्डेशनले आठ जना बिद्यार्थीहरुलाई छात्रबृति समेत बितरण गरेको छ ।

प्रदेश ५ प्रहरीलाई मुख्य चुनौती—‘लागु औषध,महिला हिंसा र सडक दुर्घटना’

५ भदौ ,बुटवल :प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) शेरबहादुर बस्नेतले आम नागरिकको शान्ति सुरक्षा नै प्रहरीको प्रमुख चुनौती रहेको बताएका छन् । ‘यो प्रदेशमा मुख्य गरि लागु औषध ,सवारी दुर्घटना र महिला हिंसा सबैभन्दा चुनौतीको रुपमा छन् ,हामीले यस्लाइ न्युनिकरणतर्फ रणनीति नै बनाएर लागेका छौं ।’ शुक्रबार बुटवलमा रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा आयोजित शान्ति सुरक्षा र मानबअधिकार बिषयक साक्षात्कारमा बोल्दै उनले जनताको जनधनको सुरक्षाका लागि प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए ।

 

उनले सुरक्षा बिना बिकास सम्भब नभएको प्रष्ट गर्दै नेपाल प्रहरीले समग्र नागरिकको सहकार्य चाहेको बताए । ‘प्रदेश बनिसकेपछि हाम्रो दरबन्दी (प्रहरी संख्या ) घटेको छ ,संघीय प्रहरी इकाइ कार्यालय ,तालिम केन्द्र,दंगा गणहरु पनि यताउता भएको छ ,यस्ले केहि असहज भएको हो । ’ उनले भने ।

प्रदेश ५ मा १ बर्षे कार्ययोजना बनाएर सुरक्षा सर्तकता बढाइएको उनले बताए । मानवअधिकारको बिषयमा नेपाल प्रहरी एकदमै संबेदनशील रहेको भन्दै उनले प्रहरीले यस्लाइ छुट्टै सेल नै निर्माण गरेर संबेदनशीलताका साथमा हेरिरहेको बताए । ‘प्रदेश ५ मा १ बर्षे कार्ययोजना बनाएका छौं,सडकमा सुरक्षित ढंगले हिड्न पनि हामीले सिकाएका छौं’ बस्नेतले भने—‘ समाजमा भएका गैर सामाजिक र गैरकानुनी कामहरुलाइ पत्रकारहरुले प्रहरीसंग ल्याइदिएर सहयोग गर्नूस् ।’ उनले अपराधको श्रृङ्खला बढेको भन्दा पनि अहिले बाहिर आउने क्रम ( अपराधको रिर्पाेट) बढेको भन्दै लागु भएको नया अपराध संहिताले काम गर्नमा केहि झण्झट बनाएको समेत बताए । बितेको ३ बर्षको अबधिमा प्रदेश ५ मा जबरजस्ती करणी,हाततियार,महिला हिंसा,दुर्घटना,बेचबिखनको संख्या बढेको भन्दै सबैमिलेर निर्मूल पार्नुपर्ने बताए ।

राष्टिय मानव अधिकार आयोग प्रदेश कार्यालय प्रमुख पवनकुमार भट्टले आफ्नो कार्यालयमा ३९४ वटा उजुरी परेको जानकारी दिए । उनले हत्या,बेपत्ता,यातना,मानव बेचबिखन,अधिकार लगायतका बिषयमा उजुरी परेको बताए । मानव अधिकारप्रति जनताको चासो बढेको छ । १८ प्रतिशत उजुरीमा राज्यले सहयोग गरेको र अन्यमा असहयोग भैरहेको बताए । आयोगको सिफारिसलाइ सरकारले कारबाही गर्न नसकेको उनले बताए । अबका दिनमा अधिकार र कर्तब्यलाइ सम्झनुपर्ने बेला आएको उनको धारणा छ ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय उपाध्यक्ष गोबिन्द खनालले मानव अधिकारको बिषय नेपालमा हत्या र हिंसामा मात्रै सिमित राखिएको बताए । बिश्वको अबस्था हेर्ने हो भने मानव अधिकारको बिषयमा नेपाल ३ सय बर्ष पछाडि रहेको दाबि गरे । बेपत्ता तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ओझेलमा परेको भन्दै उनले १० बर्षे जनयुद्धका छिटाहरु अझैपनि बांकी रहेको उनले बताए ।

कंचनपुरको घटनामा प्रहरी प्रशासन मिस गाइडेड भएको दाबि गरे । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीले बितेको ६ महिनामा प्रदेश ५ मा मानव अधिकार हनन्का ७०६ घटनाको तथ्यांक इन्सेकको रेकर्डमा आएको बताइन् ।उनले रुपन्देहीमा १ सय ५७ वटा घटना घटेको भन्दै बालबालिका ,महिला यस्को शिकारमा परेको जानकारी दिइन् ।सो कार्यक्रम क्लबका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा र कपिल ज्ञवालीको संचालनमा सम्पन्न भएको हो ।

अचम्मै भो , सिन्धुपाल्चोकमा दियो गोरुले दूध

 भदौ १५, २०७५ शुक्रवार  सिन्धुपाल्चोक – मानिसहरुले भन्ने गरेको त सुनेकै हो ‘भाग्य बलियो भयो भने गोरु पनि ब्याउँछ ।’ गोरु ब्याएको त देखिएको छैन, तर पछिल्लो पटक गोरुले दूध दिएको भनिएको सुनिएको छ । हेलम्बु गाँउपालिका वडा नम्बर –६, इचोकको पुरानागाँउका सोनाम तामाङको गोरुले दैनिक दूध दिँदै आएको छ । 

तामाङको गोरुले दैनिक बिहान बेलुका गरेर एक मानाभन्दा बढी दूध दिइरहेको छ । अहिले गाँउलेहरु र हेर्न जानेहरुले गोेरुको दूध प्रसाद भनेर खाइरहेका छन् । यो भन्दा अगाडि कहिँ कतै नदेखेको र नसुनेको यो घटनाले सबैलाई चकित बनाएको छ । तर गोरुधनी तामाङ भने दङ्ग पर्नुभएको छ । अहिले उहाँको घरमा गोरुले दूध दिएको हेर्न विभिन्न ठाउँबाट आउने मानिसहरुको भिडभाड नै लाग्ने गरेको छ । 

तामाङका अनुसार गएको जेठ महिनाबाट गोरुको अण्डकोश छेउमा रहेका थुनहरु बढेको हो । थुन बढेको केही समयपछि गोरुको थुनबाट दूधको थोपा खसेको थियो । त्यसपछि तामाङले दूध हो कि भनेर परीक्षण गरेपछि चारमध्ये २ वटा थुनहरुमा दूध आउने गरेको छ । तामाङका अनुसार अहिने हेर्न आउने सबैले शिवजीको वाहन भनेर पूजा गर्ने गरेका छन् । 

गोरुको दूध अन्य गाईको भन्दा फरक छैन् । रातो र कालो रङ्ग मिसिएको यो गोरु एक वर्षअघि तामाङ परिवारले किनेर ल्याएको हो । गोरुले चमत्कार नै गरेको तामाङ परिवारको भनाई रहेको छ । गोरुले दूध दिएको हेर्न पुग्नुभएका गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि गोरुले सबैलाई चकित बनाएको बताउनुभयो । 
स्वास्थ्यकर्मीहरु भने हर्मोन गडबढका कारण गोरुको दूध आएको हुनसक्ने बताँउदै आएका छन् । हेलम्बु पशु सेवा कार्यालयका प्रमुख टोपबहादुर बराल भने हर्मोनको कारण यस्तो हुनसक्ने भए पनि ठ्याक्कै यही नै हो भन्ने स्थिति नभएको बताउनुहुन्छ । 

गोरुले दूध दिनु विज्ञानसम्वत नभएको वरिष्ठ पशु चिकित्सक डाः शरदसिंह यादवले बताउनुभयो । यस्तो घटना हालसम्म आफूलाई थाहा नभएको र गोरुले दूध दिनु अनुसन्धानको विषय बनेको उहाँको भनाई छ । यसको बारेमा विस्तृत रुपमा अध्ययन र अनुसन्धान गरेपछि मात्र यही हो भन्न सकिने उहाँको भनाई छ । 

हेर्नुहाेस् भिडियाे

https://www.facebook.com/plugins/video.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fsumi.sherpa.900%2Fvideos%2F705862946431962%2F&show_text=0&width=560

source:ujyaaloonline