सन्धिखर्क एफएम साउन १४ अर्घाखाँची
अर्घाखाँचीको सन्धिखर्कमा सोमबार नेपाल चेम्वर अफ कमर्सको शाखा गठन भएको छ । ब्यवसायीहरुको भेलाले देवराज श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समितिको गठन गरेको हो । जस्को उपाध्यक्ष यमराज पाण्डे, महासचिव ज्ञानबहादुर विक, कोषाध्यक्ष मञ्जु केसी, र सदस्यहरुमा गोपाल खनाल, खिमवहादुर कुवर, टिकाराम खनाल, र जनार्दन खनाल लगयातका रहेका छन ।