सर्वसत्तावादी सोच र अधिनायकवादका साथ सरकार अघि बढिरहेको छ-कांग्रेस नेता पौडेल

श्याम घिमिरे ,साउन १५ अर्घाखाँची

नेकपाको सरकार विरुद्ध देशैभर जिल्ला सदरमुकामहरूमा विरोध र्रयाली निकालेको कांग्रेसले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पनि मंगलबार आफ्नो शक्ति प्रदर्शन गरेको छ । नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला पार्टी कार्यालयबाट सुरू भएको विरोध र्रयाली चुत्राबेसी,सन्धिखर्क हुदै शान्तिबगैचा चोकमा पुगेर सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारको चर्का विरोध गरे ।

38003783_1803283923098993_6823635974489112576_n-300x225.jpg
‘सर्वसत्तावादी सोच, अधिनायकवादका साथ सरकार अघि बढिरहेको छ’ उनले भने ‘हुकुमको भरमा सरकार चलाउन पाइदैन । हुकुमका भरमा सरकार चलाउनेहरू हिजोका दिनमा पनि ढले, कम्युनिस्टहरू पनि त्यसरी नै ढल्नुपर्नेछ, यो कुरा सम्झन योग्य होस ।’ यदि यो सरकार पनि हुकुमको भरमा शासन गर्छ भने हिजो जुन हालत राणा र पञ्चको भयो अब त्यहि हालत हुने पालो केपी ओली र प्रचण्डको आउँदैछ । त्यसैले हामी समयमै सजक गराउन चाहन्छौँ ।’ अब जनता सर्वसत्तावादी र अधिनायकवादी सरकारविरुद्ध जागी सकेको भन्दै कसैले यसलाई रोक्न नसक्ने उनले जिकिर गरे ।

प्रजातन्त्रको लागि कांग्रेस लडिरहने बताउदै नेता पौडेलले सरकारले देशमा सुशासन कायम गर्नुको साटो महँगी बढाउने, जथाभावी कर लगाउने, भ्रष्टाचार बढाउने कार्य गरेको आरोप लगाए । सरकारलाई खबरदारी गर्नका लागि कांग्रेसले देशभर विरोध प्रर्दशन गरेको भन्दै उनले ’प्रधानमन्त्री ओलीलाई सच्चीन भनेर देशभर सांकेतिक विरोध मात्र गरेको बताउदै यदी ओली सरकार नसच्चिए निर्णायक आन्दोलन गर्ने समेत नेता पौडेलले चेतावानी दिए ।साथै उनले हत्यारा र दलाल मिलेर काँग्रेसलाई हराएको समेत आरोप लगाए ।

कार्यक्रममा नेपाली काँग्रेसका पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसाल,नेपाली काँग्रेसकी नेतृ निर्मला क्षेत्री, तरुणदलका जिल्ला अध्यक्ष नारायण खड्का लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रममा लोकतन्त्र र पार्टीलाई बिशेष योगदान दिने बिभिन्न ब्यक्तिहरुलाई दोसल्ला ओडाएर सम्मान समेत गरीएको थियो । कार्यक्रम जिल्ला सभापति बिष्णु खनाल मुस्कानको अध्यक्षता,उपसभापति शान्ता भण्डारीको स्वागत मनतब्य र सचिब छबिलाल पौडेलको सन्चालनमा सम्पन्न भएको हो ।

38228852_1812875578760934_541298718339497984_n.jpg

38156592_1812874712094354_4564405747122700288_n

Advertisement

कृषि, पशुपालन र पर्यटनको विकासले मात्र अर्घाखाँची समृद्ध हुने -सांसद रायमाझी

Image may contain: 3 people, people standing, child and outdoor

Image may contain: 2 people, people standing, flower, child and outdoor

 हिम जिसी लेकाली,साउन १५ अर्घाखाँची

कृषि, पशुपालन र पर्यटनको विकासले मात्र अर्घाखाँची समृद्ध हुन सक्ने प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसरमा नरपानीमा आयोजित सहिद स्मृति पार्कको शिलान्यास गर्दै रायमाझीले सो कुरा बताउनुभएको हो । अहिले नरपानीमा पर्यटनको सम्भवना बढेर गएको छ । बन्दै गरेको सहिद पार्कले पनि पर्यटन व्यवसायलाई बढवा दिने हुँदा अब चूनढुङ्गा खोल्ने कुरा होइन पर्यटन व्यवसायको पूर्वाधार निर्माणमा सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

No automatic alt text available.
यसैगरी राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्जवलले नरपानीमा आएका जुनसुकै पर्यटकलाई पनि त्यस क्षेत्रमा एक दिन बस्ने व्यवस्था मिलाउन होमस्टे निर्माणमा लाग्न नरपानीवासीहरूलाई आग्रह गर्नुभयो । ५ नम्बर प्रदेश सदस्य चेतनारायण आचार्यले सम्पूर्ण कर्मचारीहरूले उचो मनोबलका साथ रचनात्मक र सिर्जनात्मक काम गरेर अघि बढ्नुपर्ने बताउनुभयो । त्यसैगरी ५ नम्बर प्रदेश सदस्य रामजीप्रसाद घिमिरेले अब कर्मचारीहरूले गुनासो गर्ने मात्र नभएर भ्रष्टाचार कमिसनतन्त्रको अन्त्यका लागि लाग्नुपर्ने बताउनुभयो । प्रदेश सदस्य जालपा भुसाल एवम निर्मला क्षेत्रीले पनि सो कार्यक्रममा मन्तव्य राख्दै आफूहरूले पनि पर्यटन विकासको निम्ति प्रदेशबाट आवश्यक सहयोग पुर्याउने बताउनुभयो ।

Image may contain: 8 people, including Lekali Him, people standing and outdoor
कार्यक्रममा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय उपाध्यक्ष दधिराम आचार्य, सचिव युवाचन्द्र घिमिरे, ५ नम्बर प्रदेश नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष राजेन्द्र राना, सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, नेकपाका नेता जिवनारायण कोइराला, नेपाली काङ्ग्रेसका प्रतिनिधि भोजबहादुर विष्ट, राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बिसी, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, सन्धिखर्क वडानम्बर ६ का अध्यक्ष कृष्ण आचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Image may contain: 13 people, including Jalpa Bhusal, Nirmala Chhetri, Chandra Khadka Ujjawal and Narayan Prasad Banjade, people smiling, people standing and outdoor
निर्माण कार्यको अवधारणाको बारेमा सङ्गठनका केन्द्रिय सदस्य कविसिंह कठायतले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको अध्यक्षता सहिद स्मृती पार्कका संयोजक वलराम मिश्र, र सन्चालन माधव बन्जाडेले गर्नुभएको थियो । ११ रोपनी ७ आनाको क्षेत्रफलमा रहेको स्मृति पार्क १ करोड २८ लाखको लागतमा सम्पन्न हुने र त्यसको खर्चभार सङ्गठनका सदस्यहरूबाट ५ दिनको तलब प्रदान गरिने राज्यका विभिन्न तह, उद्योग व्यवसायीबाट सहयोग जुटाइने समितिले जनाएको छ । उक्त अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठले रु. २५ हजार स्मृती पार्कको सहयोगमा प्रदान गर्नुभएको छ । कार्यक्रममा स्थानीय वासीहरू र जिल्लास्तरीय कार्यालय प्रमुखहरूको समेत उल्लेख्यनिय उपस्थिती रहेको थियो  ।

Image may contain: 3 people, people standing, outdoor and nature

No automatic alt text available.

सन्धिखर्कमा नेपाल चेम्वर अफ कमर्सको शाखा गठन

सन्धिखर्क एफएम साउन १४ अर्घाखाँची

अर्घाखाँचीको  सन्धिखर्कमा सोमबार नेपाल चेम्वर अफ कमर्सको शाखा गठन भएको छ । ब्यवसायीहरुको भेलाले देवराज श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समितिको गठन गरेको हो । जस्को उपाध्यक्ष यमराज पाण्डे, महासचिव ज्ञानबहादुर विक, कोषाध्यक्ष मञ्जु केसी, र सदस्यहरुमा गोपाल खनाल, खिमवहादुर कुवर, टिकाराम खनाल, र जनार्दन खनाल लगयातका रहेका छन ।

असामी उठाउन हिँडेका मालारानीका व्यापारी मृत फेला

 

प्रेमनारायण आचार्य साउन १४ अर्घाखाँची
अर्घाखाँचीको मालारानी गाउँपालिकामा स्थानीय एक व्यापारी शंकास्पद अवस्थामा मृत फेला परेका छन् । मालारानी गाउँपालिका ३ गोहेंली बस्ने ४४ वर्षिय भोजबहादुर चौहान मृत अवस्थामा फेला परेका हुन् । शुक्रबार घरबाट असामी उठाउन हिँडेका चौहान घरभन्दा करिब १ किलोमिटर तल पैयापाटा डिलबहादुर खनालको घरको दलानमा घाँटीमा डोरीको निशानी भएको अवस्थामा फेला परेका थिए ।

शंकास्पद मृत्यु भएको अवस्थामा शव फेला परेपछि घटनामा संलग्न रहेको हुन सक्ने भन्दै अनुसन्धानको लागि ५ जनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताउनुभयो । मालारानी–४ को देउरालीमा पसल गरी त्यहीँ बस्दै आएका चौहानले डिलबहादुर खनालकै मोबाइल नम्बरबाट आफ्नै छोरा र सालालाई ‘म घेराबन्दीमा परेँ’ भन्दै १० बजेतिर फोन सम्पर्क समेत गरेको निजको १७ वर्षीय छोरा मिलन चौहानले बताउनुभयो ।

घटनामा जानाकारी पाउन साथ खन इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगी घटनास्थलको प्रकृती मुजुल्का र पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइएको छ । घटनाको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरेको प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानाकारी दिनुभयो । मृतक चौहानका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारबिरुद्ध आज सन्धिखर्कमा बिरोध प्रदर्शन गर्ने

श्याम घिमिरे साउन १५ अर्घाखाँची

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारबिरुद्ध मंगलबार अर्घाखाँचीको सन्धिखर्कमा बिरोध प्रदर्शन गर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायवादतर्फ उन्मुख भएको र जनविरोधी काम गरिरहेको भन्दै कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीले कार्यकर्तालाई सडकमा उतार्न लागेको जनाएको छ ।

कांग्रेसले आज सन्धिखर्कमा हुने कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको छ । सरकारले विधिको शासनको उल्लघंन गर्दै स्वतन्त्र न्यायालय र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै कांग्रेस अर्घाखाँचीका सभापति बिष्णु खनाल मुस्कानले सरकारविरुद्ध सन्धिखर्कमा १० हजार कार्यकर्ता उतार्ने बताए । सन्धिखर्कमा प्रदर्शनसहित विरोधसभा गरिने उनको भनाइ छ ।

कम्युनिस्टको सरकार आए जनताले रुन पनि पाउदैनन् भन्ने कांग्रेसको भनाइ अहिलेको सरकारले पुष्टि गरेको सभापति मुस्कानले बताए । संविधानअनुसार सभामुख र उपसभामुख अलग अलग दलबाट व्यवस्था हुनुपर्ने आवाज नेपाली कांग्रेसले उठाउँदै आएको समेत उनले स्मरण गराए ।

सन्धिखर्कको बिपि स्मृति भबनबाट सुरु हुने विरोध प्रदर्शन रयालीसहित चुत्राबेसी बजार हुदै सन्धिखर्कको शान्तिबगैचामा आएर विरोधसभामा परिणत हुने कांग्रेस सभापति मुस्कानले बताए । सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युबा नेता प्रदिप पौडेल लगायतले सम्बोेधन गर्ने कार्यक्रम तय भएको छ ।