सन्धिखर्क एफएम साउन १२ अर्घाखाँची
हाम्रो हात प्रालि अर्घाखाँची शाखाको आयोजनामा कृषिजन्य वस्तुको उत्पादन तथा बजारिकरण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । वेरोजगार समस्या समाधान गर्ने उदेश्यले जिल्लामा पहिलो पटक स्थानीय स्रोत साधनको प्रयोग गरि बनाईएको अग्रानिक अचारको बजारिकरण संगै गाउँमा उत्पादित विभिन्न लसुन, प्याज, तरकारी, फलफुल थोक मुल्यमा ल्याउने र सस्तो मुल्यमा ग्राहकहरुलाई बिक्रि गर्ने उदेश्य लिएको केन्द्रीय अध्यक्ष मेघनाथ गिरीले जानाकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर भुसालले गाउँमा उत्पादन गरेका कृषकहरुको मुल्य विचौलियाले बढि खाने र कृषकहरुलाई घाटा पुग्ने गरेकोमा अव कृषकहरुलाई सोही संस्थासँग समन्वय गरेर आ¥नो घरमा उत्पादन भएको वस्तुहरुलाई बजारसम्म पु¥याउने सहज हुने बताउनु भयो । कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल, मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, जिल्ला पशु सेवाका प्रमुख वरिष्ठ पशु चिकित्सक लोकनाथ पौडेल, नेपाल कम्युनिष्टका नेता सरोज भुसाल, नेपाल पत्रकार महासंघका सचिव सुर्य भुसाल लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम प्रदीप आचार्यको अध्यक्षता र केशव मरासिनीको संचालनमा सम्पन्न भएको हो ।