संघीयताका कारण गणतन्त्र धरापमा : राजमो उपाध्यक्ष पौडेल

unn.prixa.net

साउन ११, २०७५ | प्रेमनारायण आचार्य

अर्घाखाँची – राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले संघस्यताका कारण गणतन्त्र धरापमा परेको आरोप लगाउनु भएको छ ।

नेपाल जस्तो सानो मुलुकमा संघीयता आवश्यक नभएको बताउँदै राजनीतिक दलको एजेण्डा बिना आएको संघीयताका कारण जनताको बलिदानबाट प्राप्त गणतन्त्र नै खतरामा परेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेका ‘गणतन्त्र, राष्टियता र धर्म निरपेक्षाताको रक्षा गरौं, संघीयताको खारेजी गरौं’ विषयके अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै नेता पौडेलले यस्तो बताउनु भएको हो  ।

राजमोकी केन्द्रीय प्रवक्ता समेत रहनुभएकी उहाँले पहाडी भूभागबाट अलग गरेर बनाइएको २ नम्बर प्रदेश, नागरिकतासम्बन्धी उदार नीतिलगायतका विषयले देशमा द्वन्द्व उत्पन्न हुने बताउँदै ‘भारतीय विस्तारवाद’ले दशकौँदेखि राष्ट्रियता र सार्वभौमिकतामा हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।

Advertisement

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत

साउन ११, २०७५ काठमाडौं : सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उक्त विधेयक प्रस्तुत गरेका हुन्। डा. गोविन्द केसीको माग र प्राडा केदारभक्त माथेमा कार्यदलको प्रतिवेदन अनुसार उक्त विधेयक संशोधन गरेर पारित गर्ने यसअघि नै सहमति भएको छ।

यो विषयमा संसद र सडकमा व्यापक बहस भएको छ। यसै विषयलाई लिएर पछिल्लो पटक केसी २७ दिन अनशन बसेका थिए। उनको यो १५औँ अनशन थियो। ‘चिकित्सा शिक्षाको क्षेत्रमा सरकारको लगानीलाई अभिवृद्धि गर्दै चिकित्सा शिक्षालाई नेपालको राष्ट्रिय आवश्यकता अनुरुप विकास गर्न’, उक्त विधेयक ल्याइएको मन्त्री पोखरेलले जानकारी दिए।

मन्त्री पोखरेलले विधेयकमा चिकित्सा शिक्षासम्बन्धि शिक्षण संस्थालाई व्यवस्थित र नियमन, स्थापना गर्न एवं चिकित्सा शिक्षाको नियमनलाई एकीकृत तथा व्यवस्थित बनाउन राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याएको बताए। विधेयकमा चिकित्सा शिक्षाको गुणस्तर, पेसाधर्मिता र पेशागत जवाफदेहितालाई व्यवस्थित गरिएको बताए। उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले विपन्नको पहुँचमा यो शिक्षा पुर्‍याउने उद्येश्य लिइएको बताए। प्रतिनिधिसभाको बैठक १३ गते आइतबारसम्मका लागि स्थगित भएको छ।  source:thahakhabar.com

समाज त्रिशूली बस दुर्घटना पछिल्लो अपडेट : पाँचको मृत्यु २३ को उद्धार,केही यात्रु च्यापिएको अवस्थामा

साउन ११, २०७५ चितवन : चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित मुग्लिन­मलेखु सडकखण्डअन्तर्गत चुम्लिङटारबाट त्रिशूली नदीमा बस खसेर भएको दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको उद्धारमा खटिएका चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार मृतकको पहिचान खुलेको छैन। प्रहरीले २३ जना घाइतेको उद्धार गरेर भरतपुरतर्फ पठाएको छ।  घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। बसका यात्रुमध्ये २३ यात्रुको उद्धार भएको छ। केही यात्रुहरू बसमा च्यापिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा प्रहरीले उद्धारको काम जारी राखेको छ।  काठमाडौंबाट पोखरा जान आउँदै गरेको ना ६ ख २५०६ नम्बरको बस, विपरित दिशाबाट जाँदै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। बिहान ११:५० बजे भएको उक्त दुर्घटनापछि ट्रक सडकमै रहेको छ भने बस अन्दाजी ६०/७० मिटर तल त्रिशूली नदी किनारमा खसेको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। अहिले ट्रक चालक भने जोगीमारा प्रहरीको सम्पर्कमा पुगेका छन्। घटनास्थल मुग्लिनबाट अन्दाजी १५ किलोमिटर काठमाडौतर्फ पर्छ। बसमा ३०/३२ जना यात्रु रहेको अनुमान छ।


source:thahakhabar.com

संसद्‍मा अब कांग्रेसको मुद्दा सभामुख र उपसभामुख

साउन ११, २०७५ काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै पटक पटक संघीय संसद अवरुद्ध गर्‍यो। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको विधेयक प्रतिस्थापनको नामम तोडमोड गर्न नदिने भन्दै कांग्रेसले सडक र सदन ततायो।

डा. केसीको जीवनरक्षाको माग गर्दै सडकमा उत्रिएको कांग्रेस अब केसीको माग पूरा भएसँगै पुनः संघीयसँगै छ प्रदेशको सभामुखको मुद्दा उठाउन अघि बढ्ने भएको छ।  प्रमुख प्रतिपक्षी दल कांग्रेसले अरू मुद्दा नपाएर गोविन्द केसीको मुद्दामा खरो उत्रिएको भन्दै उसको आलोचना हुने गरेको थियो। कांग्रेसका कतिपय नेताहरूले चिकित्सा शिक्षा विधेयक कांग्रेस नेतृत्वको सरकारले ल्याएका कारण त्यसको जस आफैँ लिनका लागि पनि आन्दोलमा उत्रिएको बताउने गरेका थिए।

तर कांग्रेस कोषाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सीतादेवी यादवले डा. केसीको माग व्यक्तिको नभई जनताको भएकाले कांग्रेसले एजेण्डा बनाएको बताइन्। ‘चिकित्सा शिक्षाको सुधारका लागि डा. केसीले गर्नुभएको माग व्यक्तिको होइन, सबै जनताको माग हो’, उनले भनिन्, ‘कांग्रेस सधैँ जनताको पक्षमा रहन्छ। त्यसैले हामीले यो मुद्दा उठाएर संसद अवरुद्ध गरेका हौँ।’ गोविन्द केसीले अनसन तोडेसँगै संसदमा अब कांग्रेसको मुद्दै सकिएको नेकपाका नेताहरूले बताउन थालेका छन् तर अब कांग्रेसले सभामुख र उपसभामुखको मुद्दालाई सशक्त ढंगले संसदमा उठाउने भएको छ।

अहिलेसम्म केसीको माग पूरा गर्नका लागि संसद चल्न नपाएकाले यो विषयले प्राथमिकता नपाएको र अब यसलाई प्रतिपक्षी दलले मुद्दाको रूपमा अघि बढाउने भएको हो।  संविधानले संघीय तथा प्रदेशसभाको सभामुख फरक फरक पार्टीको हुनुपर्ने प्रावधान राखे पनि नेकपाले एउटै दलको सभामुख र उपसभामुख बनाएको भन्दै कांग्रेसले यसको विरोध गर्दै आएको छ।

संविधानको धार ९१ को उपधारामा सभामुखको निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ। प्रतिनिधिसभासँगै छ प्रदेशको सभामुख निर्वाचित हुँदा तत्कालीन एमाले र माओवादी एक भएका थिएनन्।

एकता प्रक्रियामा रहेका यी दुई दलले संसदमा भागबण्डा गरेर सभामुख र उपसभामुख चयन गरेका थिए। प्रदेश २ बाहेक छवटा प्रदेश र संघीय संसदमा भागबन्डाको आधारमा एमाले–माओवादीले सभामुख चयन गरेका थिए। तर गत जेठमा पार्टी एकता भएसँगै सभामुख र उपसभामुख पनि एउटै दलको भएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ। ‘सभामुख बन्नलाई दलबाट दिएको राजीनामा स्थायी हुँदैन।

भोलि फेरि पार्टीमा फर्कने बाटो हुन्छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘हाम्रा नेताहरू पनि सभामुख हुनुभएको थियो। अहिले उहाँहरू पार्टीको नेता हुनुहुन्छ। सभामुख बन्न गरेको दल त्यागलाई त्याग मानिदैन। उहाँहरूले दल त्यागेको भनेर काइते कुरा गर्न मिल्दैन।’ प्रदेशसहित प्रतिनिधिसभामा कांग्रेसले सभामुख र उपसभामुखको मुद्दालाई सशक्त ढंगले उठाउने कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड बताउँछन्।  संविधानको रक्षक सरकारले नै संविधानको उलंघन गरेको भन्दै उनले यसलाई संसद र सडकबाट कांग्रेसले सशक्त ढंगबाट उठाउने बताए।

‘प्रतिनिधिसभासँगै सबै प्रदेशका सभामुख र उपसभामुखमध्ये एक जनाले राजनीनामा दिनुपर्छ’, उनले भने, ‘यो महत्त्वपूर्ण विषय हो। अबको कांग्रेसको एजेण्डा यही हुन्छ।’  संसद अवरुद्ध गर्ने/नगर्ने भन्ने विषयमा भने परिस्थिति हेरेर अघि बढ्ने उनले बताए। ‘उहाँहरू कसरी अघि बढ्नुहुन्छ, त्यसमा भरपर्छ’, उनले भने, ‘अहिले नै संसद अवरुद्ध गरिहाल्छौँ भन्नु भन्दा पनि हामी परिस्थिति हेरेर अघि बढ्छौँ।’

कांग्रेसले आफूलाई पद पाउनका लागि यो विरोध नगरेको बताउँदै आएको छ। उसले सभामुख र उपसभामुखमध्ये एक जना फरक दलको हुनुपर्ने संविधानको व्यवस्था लागू गर्न मात्र खोजको बताउँदै आएको छ। कांग्रेसले यसलाई संसदसँगै अदालतको सहायताको पनि सहायता लिने बताउँदै आएको छ।  योसँगै कांग्रेसले डा. केसीसँग भएको सहमति कार्यान्वयनका लागि दबाब दिने भएको छ। डा. केसीलाई सरकारले दिएको प्रतिवद्धता पूरा नभए सडक र सदमा संघर्ष गर्ने जनाउँदै आएको छ। कांग्रेस प्रवक्ता शर्माले कांग्रेसले अब सभामुख र उपसभामुखसँगै मूल्यवृद्धि, निषेधाज्ञालगायत विषयलाई पनि एजेण्डा बनाउने बताए।
source:thahakhabar.com

त्रिशूली बस दुर्घटना : बसमा ३२ जना रहेको अनुमान २० जनाको उद्धार

साउन ११, २०७५ चितवन : जिल्लाको इच्छाकामना गाउँपालिका-३ स्थित मुग्लिन-मलेखु सडकखण्डअन्तर्गत चुम्लिङटारनजिकैबाट शुक्रबमर त्रिशूली नदीमा यात्रुबाहक बस खसेर दुर्घटना भएको छ। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना६ख २५०६ नम्बरको बस बिहान दुर्घटना भएको हो। बसमा ३०/३२ जना यात्रु रहेको अनुमान गरिएको छ। २० जनाको उद्धार गरेर अस्पताल लगिँदै गरेको प्रहरीले जानकारी दिएको छ।

उद्धार कार्य जारी छ। बस ६०/७० मिटर तल त्रिशूली नदी किनारमा पुगेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। ११:४५ बजेको समयमा त्रिशूलीमा खसेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आफ्नो ट्रकमा बस ठोकिएर खस्यो भनेर ना५ख ७४०९ नम्बरको ट्रकका चालकले जोगिमारामा पुगेर जानकारी गराएकाले सोही ट्रकसँग बस ठक्कर खाएको अनुमान प्रहरीको छ। तर, यकिन विवरण भने आएको छैन। घटनास्थल मुग्लिनबाट अन्दाजी १५ किलोमिटर काठमाडौंतर्फ पर्छ। अहिले घटनास्थलमा उद्धारका लागि प्रहरी परिचालन गरिएको र बस बीचमा नै अड्किएको जानकारीमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्मबहादुर केसीले जानकारी दिए।

मुग्लिनको प्रहरी उद्धारमा खटिएको र अन्य क्षेत्रका प्रहरी पुग्न नसकेकाले यकिन विवरणहरु नआइनपुगेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले बताए। घटनास्थलमा जिल्लाबाट समेत प्रहरी टोली पठाइसकिएको उनले बताए।  त्रिशूलीमा बस खस्यो, विस्तृत विवरण आउन बाँकी
source:thahakhabar.com