सहयोगी बिसी,साउन १० अर्घाखाँची
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क देखि काठमाडौं सुविधा सम्पन्न बस सञ्चालन हुने भएका छन ।
साउन १३ गते बिहान ५ बजे सन्धिखर्क देखि छुटने बसको ब्यबसायी राम बहादुर बस्नेतले रिबन काटी बस सञ्चालनको सुरुवात गर्ने कार्यक्रम छ ।
३७ सिट मात्र रहेको बस सन्धिखर्कबाट बिहान ५ बजे र काठमाडौं गोंगबु बसपार्कबाट बिहान ५:४० बजे छुटने समितीले जनाएको छ। सिट संख्या भन्दा बढी यात्रु राखिनेछैन । गोरुसिंगें,बुटवल,र नारायणघाटमा मात्र बस रोकिने बस्नेतले जानाकारी दिए ।
सिट फिल्डिङ, मोबाइल चार्जगर्ने,फ्रि वाईफाई, ३२ इन्चको एल्सिडी टिभि, पानी,बिस्कुट समेतको सुबिधा हुनेछ । यात्रुलाई आउँदा जाँदा दाउन्नेको उत्कृष्ट होटलमा खाना खुबाउने ब्यबस्थापन गरिएको बस्नेतले बताए ।
उक्त बस दुई महिना देखि दिल्ली चलिरहेका छन भने आइतबारबाट अर्घाखाँची र सोमबार देखि काठमाडौंबाट सञ्चालनमा आउने बस काउण्टरका हुमा पौडेल र टोपलाल भुसालले बताए ।