सन्धिखर्क एफएम साउन १० अर्घाखाँची
नेपाली काँग्रेस जिल्ला कार्यसमिति अर्घाखाँची को बैठक बिपि स्मृति भबन सन्धिखर्कमा आज सम्पन्न भएको छ । काँग्रेस अर्घाखाँचीका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानको अध्यक्षता पार्टी सचिब छबिलाल पौडेल को सन्चालनमा सम्पन्न भएको बैठकले यहि साउन १५ गते मंगलबार सदरमुकाम सन्धिखर्कमा बृहत सभा सम्पन्न गर्नका लागि यही १२ गते ६ वटै पालिकामा अनिवार्य बैठक बसाल्नका लागि जिल्ला कमिटि बाट पालिकामा पार्टी प्रतिनिधि खटाउने निर्यण गरेको छ ।
त्यस्तै बैठकले सन्धिखर्क नगरपालिका मा शान्ता भन्डारी सितगंगामा छबिलाल पौडेल भुमिका स्थानमा प्रेमनारायण बेल्वासे छत्रदेवमा कृष्ण् बहादुर ज्ञवालि मालारानिमा लोकेन्द्रबहादुर बिश्वकर्मा र पाणिनिमा ईन्सु मिया लाई प्रतिनिधि खटाउने निर्यण गरेको छ ।
खटाएका प्रतिनिधि हरु अनिवार्य रुपमा साउन १२ गते गाउपालिकामा पुगि पार्टीको निर्देशन अनुसार ६१ वटा वार्डका सभापति हरु निर्वाचित जनप्रतिनिधिहरु पार्टीका कृर्याशिल सदस्यहरु, सबै जनबर्गिय सगठनका प्रमुख प्रतिनिधि पदाधिकारी साधारण सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो ।
बैठकले १५ गतेको बिरोध सभामा जिल्ला भरका क्रियासिल सदस्य हरु पार्टी का सुभेक्षुक लाई अनिवार्य सन्धिखर्कमा हाजिर लगाउन उपस्थिति का लागि निर्देसन दिएको छ ।हजारौं को सहभागी ता सम्पन्न हुने बिरोध सभामा नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य युवानेता प्रदिप पौडेल लगाएत केन्द्रीय नेताहरु सन्धिखर्कमा आउने नेपाली का सचिब छबिलाल पौडेलले जानकारी दिनु भयो ।
बैठकले १५ गते नेपाल बिध्राथि सघ नेपाल महिला सघ दलित सघ नेपाल तरुणदल का सबै प्रमुख प्रतिनिधि हरुलाई अनिवार्य आअफ्नो पहिचान ब्यानर सहित उपस्थित हुन बैठकले निर्देसन दिएको छ ।बैठकले मन्च ब्यबस्थापन का लागि कृस्न खनाललाई जिम्मेवारी दिएको छ ।
बैठकमा नेपाली काङ्ग्रेस का पुर्व सभापति कमल प्रसाद भुसाल जिल्ला उपसभापति शान्ता भन्डारि सचिब छबिलाल पौडेल बिस्नु भुसाल कोषाध्यक्ष कृष्ण बहादुर ज्ञवालि सहसचिव ईन्सु मिया सदस्य हरु लोकेन्द्र बिक प्रेमनारायण बेल्बासे कृस्न खनाल हेमन्त बेल्बासे पिताम्वर खनाल बिस्नु क्षेत्री ज्ञान बहादुर बिक सगिता बेल्बासे सिता भुसाल चन्दा गैरे नेता बिस्नु प्रसाद भुसाल नेपाल तरुणदलका अध्यक्ष नारायण खड्का नेपाल प्रस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल लगाएतको उपस्थित रहेको थियोे ।