डा. केसीको कामै अनशन भयो, जनताले पचाइसके : अध्यक्ष प्रचण्ड ‘कांग्रेसले केसीको हत्या गर्न र लाशमाथि राजनीति गर्न खोज्दैछ’

साउन ७, २०७५ काठमाडौं : सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. गोविन्द केसीको काम अनशन बस्नु भएको र जनताले यसलाई पचाइसकेको बताएका छन्। उनले डा. केसीलाई देखाएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निकृष्ट राजनीति गरेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४० स्मृतिसभामा बोल्दै प्रचण्डले भने, ‘डा. गोविन्द केसी पहिलोपल्ट अनशन बसेका होइनन्। लोकतान्त्रिक भन्ने सरकारमा सबैभन्दा धेरै पटक बसेका हुन्। उहाँले के हेरेर बसेका थिए। डा. केसीको काम अनशन बस्नु भएको छ र यसलाई जनताले पचाइसकेका छन्।’

उनले डा. केसी अनशन बस्नु सामान्य कुरा भइसके बताए। उनले केसीसँग पहिले पनि सरकारले सहमति गरेको र उनी फेरि पनि अनशन बसेको बताए। चिकित्सा शिक्षामा सुधारको माग गर्दै डा. केसी जुम्ला र काठमाडौंमा गरी २४ दिनयता अनशनमा छन्। उनले हाल स्वास्थ्य उपचार लिन मानेका छैनन्। उनको समर्थनमा प्रदर्शन भइरहेका छन्। यसैबेला नेकपाका नेताहरूले भने केसीविरुद्ध प्रतिक्रिया दिइरहेका छन्। केसीको जीवनरक्षा गर्नु सरकारको दायित्व भएकाले नेकपाको सचिवालयले निर्णय गरेर काठमाडौं ल्याएको पनि प्रचण्डले खुलासा गरेका थिए। उनले भने, ‘जुम्लामा सिसियु नभएपछि सचिवालय बैठक बसेर ल्याउने निर्णय भएको हो।

उहाँको जीवनरक्षा गर्ने दायित्वबाट चुक्नु हुँदैन भन्ने निर्णय गर्‍यौँ। त्यसपछि हेलिकोप्टर, सेना, पुलिस र वार्ता टोलीका सदस्य पठायौँ।’ प्रचण्डले डा केसीको मागलाई अनावश्यक रुपमा उग्र बनाएको भन्दै नेपाली कांग्रेसप्रति रोश प्रकट गरे। उनले कांग्रेस केसीको मृत्यु चाहिरहेको बताए। उनले भने, ‘अहिलेको लोकतान्त्रिक भन्ने दल उहाँको हत्या गर्न चाहान्छ र लाशमाथि राजनीति गर्न चाहन्छ।’ प्रचण्डले डा केसीलाई देखाएर विभिन्न पक्षबाट सरकारमाथि अनावश्यक आरोप लागिरहेकामा असन्तुष्टी पोखेका थिए।

कांग्रेसप्रति रोश प्रकट गरेका प्रचण्डले एजेन्डा सकिएपछि कांग्रेसले केसीलाई उचालेको बताए। उनले भने, ‘कांग्रेस यति निम्छरो, एजेन्डा बिहीन भइसकेको हो? आफ्नो केही एजेन्डा छैन?’ १२ बुँदे सम्झौता गरेर नेपाललाई शान्तिमा ल्याएको कांग्रेसको यो अवस्थाले आफूलाई कांग्रेस सकिएको भान भएको प्रचण्डको भनाइ थियो। उनले भने, ‘मेरो बुझाइमा कांग्रेस अब सिद्धियो, अब यहाँबाट माथि आउने बाटो छैन।’

अनशनबाट नै सबै कुराको निर्णय गर्नुपर्ने भए चुनाव किन चाहिएको हो भनेर प्रचण्डले प्रश्न गरेका थिए। उनले एक जनालाई अनशनमा बसाउने र सबै काम गर्ने भए संसदको काम किन चाहिएको हो भनेर प्रश्न गरेका थिए। उनले चिकित्सा शिक्षा विधेयक संसदमा गएकाले अब संसदले नै निर्णय गर्ने बताए। डा. केसीका बारेमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा भएको र देउवाले जे सहमति गर्नुहुन्छ गर्नुस् तर केसी मर्नुहुन्न। मरेभने हाम्रो आन्दोलन रोकिन्न भनेर जिम्मेवारी विहीन कुरा गरेको प्रचण्डले बताए।

उनले कांग्रेस यहीँ बाटोमा लाग्ने हो भने इतिहासको पानामा सीमित हुने धारणा राखे। लोकतान्त्रिक पार्टीहरूले नै डा केसीको जीवनरक्षा गर्नबाट रोकेको र उपचार गर्नबाट रोकेको आरोप लगाए। प्रचण्डले केसीसँग वार्ता गर्न सरकार तयार रहेको बताए। उनले केसीलाई कसको घेरामा परेको छु र आफूलाई के गर्न खोजिरहेका छन् भन्नेबारे जानकारी राख्न आग्रह गरेका थिए। प्रचण्डले कांग्रेसले निर्वाचन आचारसंहिता मिचेर एवं निर्वाचनपछि सरकार गठन हुन नदिएर अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए।
source:thahakhabar.com

Advertisement

डा. केसीलाई वार्ताबाट समाधान खोज्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं साउन ७: प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले कांग्रेसले केसीको स्वास्थ्यमाथि राजनीतिक स्वार्थ जोडेर खेलबाड गरिरहेको आरोप लगाउँदै वरिष्ठ चिकित्सक केसीलाई सचेत पनि गराए।

सोमबार काठमाडौंमा पुष्पलाल स्मृद्धि दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार गर्न तयार रहेको उल्लेख गर्दै त्यसको नेतृत्व लिन पनि केसीलाई आग्रह गरे। उनले केसीका वरिपरि बसेकाहरूले ‘आमालाई घमलंग अँगालो हालेर नाकको फुली थुते’जस्तो व्यवहार गोविन्द केसीका वरिपरि रहनेहरूले गरेको भन्दै आक्रोश पनि व्यक्त गरे।

प्रधानमन्त्री ओलीले गोविन्द केसीलाई उपचार गर्न नदिनुको कारण स्पष्ट पार्न पनि नेपाली कांग्रेसलाई चेतावनी दिए। उनले चिकित्सकहरूले अस्पतालको सेवा बन्द गराएकोमा पनि आक्रोश व्यक्त गरे। प्रधानमन्त्री ओलीले आमरण अनशन मानवअधिकारविरोधी गतिविधि भए पनि त्यसको पक्षमा विरोध प्रदर्शन गरेको भन्दै मानवअधिकारकर्मीहरूप्रति पनि असन्तुष्टि व्यक्त गरे।

उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीजस्तो न्यायको सर्वोच्च निकायमा पुगेकाहरु निषेधित क्षेत्र तोड्न पुगेको भन्दै आपत्ति पनि जनाए। प्रधानमन्त्री ओलीले सरकार राष्ट्र निर्माणको अभियानमा जुटेको दाबी पनि गरे। सरकार आवेश, उत्तेजनाजस्ता कुनै पनि गतिविधिमा संलग्न नहुने प्रधानमन्त्री ओलीको भनाइ छ।
source:thahakhabar.com

अर्घाखाँची जिल्लाको पाणिनि गाउपालिका भर्तापुरमा बिजुलि बल्यो, स्थानियहरु हर्षित

सुर्य भुसाल साउन ७ अर्घाखाँची

अर्घाखाँची जिल्ला को पाणिनि गाउपालिका वार्ड नम्बर ५ मैदान भर्तापुरका जनताहरु बिजुलि बाल्न पाउदा अत्यान्तै हर्षित बनेका छन । लामो समयदेखि बिधुत सेबा बाट बन्चित भएका स्थानीय बासिन्दा गाउमा झकमकि बिधुत बोलेपछि खुसिले गजगद भएका हुन । झन्डै तिन सय घरकुरिया रहेको उक्त गाउमा नेपाल बिधुत प्राधिकरण अर्घाखाँची को ३५ लाख तथा पाणिनि गाउपालिका को २८ लाख गरि झन्डै ६३ लाख भन्दा बढिको लगानीमा उक्त भर्तापुर क्षेत्रमा १०० केभिएको ट्रासफर्मर राखि बिधुत सेवा सुचारु गरिएको पाणिनि गाउपालिका का अध्यक्ष अच्युत गौतमले जानकारी दिनु भयो ।

स्थानिय चुनाबका बेला जनता संग गरेको प्रतिबद्धता लाई आफुहरुले आत्मसाथ गर्दै बिधुत प्राधिकरण सित सहकार्य गरि बिधुत सेवा सुचारु गर्न सफल भएको मा आफुहरु समेत हर्षित भएको अध्यक्ष गौतम र उपाध्यक्ष लक्ष्मि गौतमको भनाई रहेको छ । स्थानिय जनताहरुले पनि बिधुत बाल्न पाएको खुसियालीमा प्रदेस सासद रामजि प्रसाद घिमिरे गाउपालिका का अध्यक्ष अच्युत गौतम नेकपा का नेता जिबनारायण कोईराला र नेपाल बिधुत प्राधिकरण का प्रमुख बिरमान रासकोटि लाई भब्य स्वागत गरेका थिए ।

यसैबिच बिधुत समितिले काम सम्पन्न गरेपछि एक भब्य समारोह का बिच प्रदेस नम्बर ५ का सासद रामजि प्रसाद घिमिरेले सुईच अन गरि बिधुत बालेर उदघाटन गर्नु भएको थियोे । कार्यक्रममा नेकपाका नेता जिबनारायण कोईराला गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत तिलक गौतम वार्ड अध्यक्ष जिबलाल घिमिरे स्थानिय नेताहरु रामप्रसाद घिमिरे, सालिकराम घिमिर,े ईन्दमणि घिमिर,े बुद्धि जिसि, नेपाल बिधुत प्राधिकरण का छबि पन्थि, वार्ड सदस्य पार्बता सुनुवार, टिका रास्कोटि, लगायतले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रम उपभोक्त समिति का अध्यक्ष तिल बिक्रम जिसि को अध्यक्षतामा सम्पन्न भएको हो ।

सन्धिखर्कमा ४० औ पुस्पलाल स्मृति दिबस मनाइयो

हिम जिसि लेकालि,अर्घाखाँची साउन ७

अर्घाखाँची जिल्ला को सदरमुका सन्धिखर्कमा ४० औ पुस्पलाल स्मृति दिबस मदन आश्रित भबन सन्धिखर्क मा सम्पन्न भएको छ । नेपाल कम्लिष्ट पाटि अर्घाखाँची को आयोजनामा सम्पन्न भएको कार्यक्रम मा राष्ट्रिय सभा सदस्य चन्द बहादुर खड्काको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रम मा प्रदेस सदस्य रामजि प्रसाद घिमिरे नेकपाका नेता जिबनारायण कोईराला नेता छम कुमारि खनाल लगाएतले मन्तब्य राख्दै पुस्पलाल को योगदानको चर्चा गरेका थिए ।कार्यक्रम ठाकुर कुमार बिकको अध्यक्ष ता राम बहादुर चौहान को सन्चालनमा सम्पन्न भएको ह कार्यक्रममा नेता प्रेमनारायण गैरे युवराज बन्जाडे राजेन्द्रप्रसाद भुसाल लगाएतका दर्जनौं नेताहरु को सहभागिता रहेको  थियो ।

देशमा बिकास निर्माणले तिब्र गति लिएको छ-राष्ट्रिय सभा सदस्य खड्का

अर्घाखाँची साउन ७ 

राष्ट्रिय सभाका सासद चन्द्र बहादुर खड्का ले मुलुकको बिकास निर्माणले तिब्र गति लिएको बताउनु भएको छ । सन्धिखर्क नगरपालिका लाई हरित सहर बनाउने अभियान अन्तरगत वार्ड नम्बर १० ले बिहार बजारमा आयोजना गरेको सडक किनारमा बृक्षा रोपण कार्यक्रम को सुभारम्भ गर्दै सांसद खड्काले हराभरा नगरपालिका बनाउने अभियानमा लाग्न आग्रह गर्नु भएको हो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले हराभरा नगरपालिका बनाउने अभियानमा लाग्न सबै टोल सुधार समिति हरुलाई आग्रह गर्नु भएको छ । कार्यक्रममा नगरपालिका का नगर उपप्रमुख ठाकुर कुमार बिक , प्रमुख जिल्ला अधिकारि खिमराज भुसाल लगायतले मनतब्य राख्दै नगरपालिका को बिकासका लागि आफुहरुले पुर्ण रुपमा सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला बन अधिकृत दिपक ज्ञवालि , राष्ट्रिय अनुसन्धान का प्रमुख गोपाल पन्थि नेपाल पत्रकार महासघका अध्यक्ष हिम जिसि लेकालि पत्रकार महासघका प्रदेस सदस्य सोभाखर पन्थि, स्थानिय बासिहरु नेकपाका नेता राजेन्द्र भुसाल, नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति केसब कुवर, वार्ड नम्बर १० का अध्यक्ष लक्ष्मिनारायण चुदालि सदस्य भेष बहादुर क्षेत्री ,सन्चारकर्मी लगाएतका अतिथिहरु को सहभागीता रहेको थियोे ।