यस्ता पनि वडाध्यक्ष, ज्येष्ठ नागरिकलार्इ बाँडिदिए अाफ्नाे सबै तलब

unn.prixa.net

कञ्चनपुर,साउन ५ – भीमदत्त नगरपालिका–१ का १०५ वर्षिया झुसीदेवी बिष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुग्नुभयो ।

अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ठ नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिविहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु) ले आफूले पाएको तलब दिने तयारी गरेका थिए ।

त्यसै अनुसार वडा कार्यालयबाट अध्यक्ष कुँवरले स्थानीय तहमा निर्वाचित भएपछि पाएको वर्ष दिनको तलब गाउँमै वितरण गरेका छन् ।

‘मैले निर्वाचनमा मत माग्दै गर्दादेखि निर्वाचन जितिसकेपछि पनि पाँच वर्षसम्म सरकारी सुविधा नलिने वचन दिएकै थिएँ ।’ नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष कुँवरले भन्नुभयो, ‘यो जनताकै करबाट पाएको तलब जनताकै हातमा सहयोगस्वरुप दिएको हुँ ।’

ज्येष्ठ नागरिक समक्ष कार्यकालभरिको रकम आफू समाजमै परोपकारी काममा दिने पनि उहाँले बताउनुभयो ।

प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँका दरले १६३ जनालाई रकम वितरण गरिएको छ । ‘यहाँ आउन नसेका वृद्ध-वद्धालाई घरमै गएर पनि रकम दिन्छु,‘ अध्यक्ष कुँवरले भन्नुभयो– ‘म तलब खान होइन, जनताको सेवा गर्न आएको हुँ ।’

तलब वापत पाएको रु दुई लाख ६२ हजार वडा कार्यालयका पदाधिकारीको सहयोगमा उहाँले आफै वितरण गर्नुभएको थियो ।

वडा अध्यक्ष कुँवरले जनप्रतिनिधिले स्थानीय तहबाट तलब सुविधा लिनु अशोभनीय हुने तर्क गर्नुभयो । ‘हामी लोकसेवा पास गरेर तलब खान स्थानीय तहमा आएका होइनौं,‘ अध्यक्ष कुँवरले भन्नुभयो– ‘पाँच वर्षसम्म सुविधा नलिएर वडाको विकासदेखि जनताको हितका लागि काम गर्छु ।‘

वडाध्यक्षको मासिक तलब रु २२ हजार छ । ‘यहाँका ज्येष्ठ नागरिक मेरा अभिभावक हुन,‘उहाँले भन्नुभयो, ‘उहाँहरुकै आर्शीवादले म राजनीतिमा अघि बढ्नेछु ।‘

वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीयकदेखि गाउँमा बस्दै आउनु भएका ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ ।

‘प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्म हामीले चुन्यौं,’उहाँले भन्नुभयो, ’तर यति मनकारी प्रतिनिधि पहिलो पटक पाएका हौं ।‘

एक सय पाँच वर्षीय झुसिदेवी विष्टले भन्नुभयो,’अध्यक्षले राम्रो काम गरे, जुगौंजुग बाँचिरहुन ।” पालैपालो रकम वितरण गर्दा अध्यक्षलाई अंगालो हार्दै कतिपय वृद्धाले खुशीका आँशु समेत झार्नुभयो । ‘

त्यसैगरी स्थानीय ७७ वर्षीय रामबहादुर बिष्टले मनकारी अध्यक्ष पाएकोमा खुशीयाली समेत साटासाट गरे ।

अध्यक्षले तलब रकम वडामै वितरण गर्नुभएको सम्भवतः प्रदेश नं. ७ मा नै यो पहिलो घटना हो ।

स्थानीय प्रतिनिधि आएसँगै गाउँमा सडक, खानेपानी, विद्युत्, नदी नियन्त्रणका लागि तटबन्ध लगायत क्षेत्रको विकास समेत भएको स्थानीयवासीको भनाइ छ ।

रासस

सिरहामा भेटिए ७९ जना कुष्ठरोगी

साउन ५, २०७५ लहान : सिरहामा ७९ जना कुष्ठरोगी भेटिएका छ। चेतना र अज्ञानताको कारणले उपचार गर्नुभन्दा पूर्व जन्मको पाप भन्दै दुव्र्यवहार गरिने क्रम नरोकिएकाले सिरहामा कुष्ठरोगीको संख्या हरेक वर्ष बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ। धनगढीमाई नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विलटनारायण रायका अनुसार रोगको पहिचान भई औषधि सेवन गरिरहेका ४३ पुरुष र ३६ महिला गरी कुल ७९ जना कुष्ठरोगी रहेका छन्।

कुष्ठरोग निवारण अभियानका क्रममा नगरपालिकाको फूलकहाकट्टी, हनुमाननगर, भवानीपुर र नयनपुरमा गरी छ जना  शरीरमा रातो फुस्रो नचिलाउने दाग, अनुहार तथा कानको लोती बाक्लो हुने, नशा झमझमाउने, गिर्खा निस्किने भएमा कुष्ठ रोगको लक्षण हुन सक्ने राय बताए। समयमै जाँच गराई औषधि सेवन गरे रोगसँगै अपाङ््गता हुनबाट जोगिन सकिने उनको भनाइ छ।

माइक्रो ब्याक्टेरियम लेप्रे नामको किटाणुबाट सर्ने कुष्ठरोगीको संख्याको आधारमा झापा पहिलो, मोरङ दोस्रो, सुनसरी तेस्रो, सिरहा चौथो र सप्तरी पाँचौं जिल्ला रहेको कुष्ठ रोगीहरुका लागि कार्यरत संस्था नेपाल कुष्ठरोग संगति सिरहाले जनाएको छ। रोगीको खोजी  सन् २०२० सम्म नेपाललाई कुष्ठरोग मुक्त बनाउने लक्ष्यअनुरुप प्रत्येक जिल्लामा घरदैलोमा खोजी अभियान सुरु गरिएको छ।  जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य संस्थाको संयोजनमा महिला स्वास्थ्य स्वयंसेविका र स्वयंसेवक परिचालन गरी कुष्ठरोगी खोजी गर्न घरदैलो अभियान चलाइएको हो। नेपालमा हरेक वर्ष तीन हजारका दरले कुष्ठरोगीको संख्या थपिंदै गएको जनाइएको छ।
source:thahakhabar.com

यस्ता छन् प्रदेश ५ सरकारले लगाउने करका दर

साउन ५, २०७५ बुटवल : प्रदेश ५ सरकारले साउन १ देखि कर संकलनको अधिकार पाएसँगै नयाँ करको दर तय गरेको छ। प्रदेश-५ प्रदेश आर्थिक ऐन २०७५ राजपत्रमा प्रकाशित भएसँगै ऐनमा उल्लेखित कर प्रणाली लागू भएको हो।  प्रदेश कर तथा गैर कर राजश्व सम्बन्धी ऐन २०७५ मा पाँच वटा शीर्षकमा कर र ४ वटा शीर्षकमा गैर कर लगाउने व्यवस्था छ। जसमा घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी कर, कृषि आय कर, मनोरञ्जन र विज्ञापन कर छन्।

गैरकरमा सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, प्राकृतिक स्राेत शुल्क र दण्ड जरिवाना छन्। यी मध्ये सवारी कर प्रदेश सरकार आफैँले उठाउने छ।  अरु स्थानीय तहले संकलन गर्नेछन्। कर उठाउनेले ६० र पाउनेले ४० प्रतिशतका दरले रकम बाँडफाँड हुनेछ। प्रदेश सरकारले कुनै पनि करको दर बढाएको छैन। करको दर बढाएर प्रदेशका जनताको ढाड सेक्ने पक्षमा सरकार नभएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले बताए। सरकारले चालु वर्षमा दुईअर्ब ४० करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको छ।

जसको मुख्य स्राेत घरजग्गा र सवारी कर हो।  घरजग्गा रजिष्ट्रेशन शुल्क स्थानीय तहले संकलन गर्ने प्रावधान रहे पनि आवश्यक पूर्वाधार तयार भइनसकेकाले हाललाई मालपोत कार्यालयले नै संकलन गर्ने सचिव गौतमको भनाई छ। संकलित कर मालपोतले ४० प्रतिशत प्रदेश सरकार र बाँकी ६० प्रतिशत स्थानीय तहहरूलाई बाँडफाँड गरी दिने व्यवस्था भएको छ। सामूहिक खेतीका लागि र उत्पादनमूलक उद्योगका लागि जग्गा खरीद गर्दा ७५ प्रतिशत छुट दिने व्यवस्था ऐनमा छ।

भूमीहीन, मुक्त कमैया हलिया परिवारलाई घरजग्गा रजिष्टेशन, सेवा र रोक्का शुल्कमा पूर्ण छुट दिइएको छ। पूर्ण अपांगता दलित तथा पिछडा वर्गले ५० प्रतिशत छुट पाउनेछन्। सवारी कर साविकका यातायात कार्यालयमार्फत संकलन हुनेछ। व्यक्तिले स्थायी वा बसाइँ सरी आएको या पेशा व्यवसाय तथा कारोबार दर्ता भएको स्थानको कार्यालयमा सवारी साधन दर्ता गरी कर बुझाउनु पर्नेछ। टाँगा, रिक्सा र विद्युतीय रिक्साको कर स्थानीय तहले उठाउने छ। सिण्डीकेट अन्त्यलाई प्रोत्साहन गर्ने गरी कम्पनीमा दर्ता भएका सार्वजनिक सवारीले २५ प्रतिशत कर छुट पाउनेछन्। बिद्युतीय सवारी साधनलाई छुट छ।

प्रवेश शुल्कका रुपमा भारतीय नम्बर प्लेटका साना गाडीलाई १६०, छ चक्केलाई २४० र त्यो भन्दा माथिकालाई ३२० पटके शुल्क लाग्ने छ।   कृषि आय करमा प्रदेश सरकारको एकाधिकार रहने छ। यो कर लागू भए राजश्व बाड्नु पर्ने छैन। यो स्वयं घोषित कर हो। किसानलाई चार लाख सम्मको आयमा कर लाग्ने छैन। दश लाखसम्म ५ प्रतिशत, बीस लाखसम्म १० र सो भन्दामाथि १५ प्रतिशत कर लाग्ने व्यवस्था ऐनमा गरिएको छ। प्राकृतिक स्राेत शुल्कका लागि नेपाल सरकारको नीति अनुरुप सम्पूर्ण प्रक्रिया पूरा गरी स्थानीय तहले ढुंगा, गिट्टी संकलन गर्न पाउने छन्।

प्रदेश सरकारले यससम्बन्धी कार्यविधि पनि तयार गर्न लागेको सचिव गौतमको भनाई छ। ढुंगा गिट्टी बालुवामा प्रतिक्युफिट तराइमा ६ र पहाडमा ३, माटो तराइमा  २ र पहाडमा एक रुपैयाँ र दहत्तर बहत्तर एक रुपैयाँ प्रतिकेजी शुल्क लाग्ने छ।  अवदेखि चलचित्र, नाटक वा भिडियो घर र थिएटरले टिकट मूल्यको ५ प्रतिशत कर बुझाउनु पर्नेछ। सर्कस, खेल, जादु, चटके मेला तथा प्रदर्शनीहरूले पनि टिकटको पाँच प्रतिशत या टिकट नभए दिनको १० हजार, सात दिनको ५० हजार, १५ दिनको १ लाख, एक महिनाको डेढ लाख कर लाग्नेछ।

तर प्रदेशका पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची र प्युठानमा उल्लेखित रकमको ५० प्रतिशत र रोल्पा, रुकुमका लागि २५ प्रतिशत तोकिएको छ।  साउनदेखि कुनै पनि प्रचार सामग्री तथा विज्ञापन गर्नु परे स्थानीय तहसँग अनुमति लिएर कर तिर्नु पर्नेछ। प्रदेश आफैँले निर्माण गरेको वा संघीय सरकारबाट हस्तान्तरण भएका पर्यटकीय स्थलमा पर्यटन शुल्क लिइने छ। पर्यटक प्रवेशकै आधारमा शुल्क लिन पाइने छैन।

  निकासी कर खारेज प्रदेश पाँचमा यसअघि लिइने आन्तरिक निकासी शुल्क उठाउन रोक लगाइएको छ। जिल्ला समन्वय समितिले उठाउँदै आएको पशु चौपाया तथा जडीबुटी, कृषि सामग्री कर तथा शुल्क लिन नपाइने भएको हो। त्यस्तै तत्कालीन जिल्ला विकास समितिले निर्माण गरेका बाटोमा लगाइने पटके सवारी साधन कर पनि हटाइएको छ।

संघ, प्रदेश र स्थानीय तह कतै पनि यस्तो कर लिन पाउने व्यवस्था नभएकाले साउन १ गतेदेखि यस्ता कर खारेजी भएको आर्थिक मामिला मन्त्रालयका प्रवक्ता उपसचिव जनार्दन पौडेलले बताए।  आइन्दा यस्ता कर उठाएको पाइए कानुन बमोजिम तत्काल कारवाही गरिने बताए। प्रदेशका १२ वटै जिल्लामा कहिँकतै कुनै संघ संस्था वा स्थानीय तह तथा जिल्ला समन्वय समितिका नाममा यस्ता कर उठाएको पाइए तत्काल खबर गर्न पनि उनले प्रदेशवासीलाई आग्रह समेत गरेका छन्।
source:thahakhabar.com

आड्रा नेपालको आयोजनामा पालिका स्तरीय परिवार नियोजन सेवा सुदृढीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सन्धिखर्कमा सम्पन्न

सन्धिखर्क एफएम साउन ४ अर्घाखाँची

आड्रा नेपाल काठमाडौको आयोजनामा सन्धिखर्कमा पालिकास्तरीय परिवार नियोजन सेवा सुदृढीकरण सम्बन्धी अभिमुखीकरण तथा योजना तर्जूमा गोष्ठी सम्पन्न भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर जगन्नाथ तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, मालारानी गाउँपालिकका अध्यक्ष बालकृष्ण आचार्य, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक किशोर र यू एन एफ पि ए जिल्ला संयोजक सुजाता सुब्बाको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रमको विषयमा आड्रा नेपालका कार्यक्रम प्रमुख ईश्वरी मिश्रले अर्घाखाँचीमा परिवार नियोजन सेवा सुदृढीकरणका लागि आफूहरू आएको बताउनुभयो । उहाले परिवार नियोजन सेवाको प्रभावकारिता बढाउने प्रत्येक गाउँ तथा नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरूलाई परिवार नियोजनका इम्प्लान्ट लगायतका अस्थायी साधनहरूको कमी हुन नदिने, दक्ष स्वास्थ्यकर्मी तयार गर्ने, बताउनुभयो । उहाँले सबै पालिकाहरूमा संयोजन गरि सबै क्षेत्रमा कार्यक्रम दिइने बताउनुभयो ।

जिल्ला स्वास्थ कार्यालयका परिवार नियोजन सुपरवाइजर विजय बिकको सन्चालनमा सम्पन्न कार्यक्रममा जनस्वास्थ अधिकृत पुष्पा थापाले स्वागत गर्नुभएको थियो । कार्यक्रम मा ६ वटै गाउँपालिकाका स्वास्थ्य संयोजक सहसंयोजकहरूले आफ्नो क्षेत्रको परिवार नियोजन सेवा सम्बन्धी स्थितिको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा उठेका जिज्ञासाहरूबारे कार्यक्रम संयोजक दूर्गेश्वरी मूनकर्मीले प्रकाश पार्नुभएको थियो । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक किशोर , पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगायतले कार्यक्रम सफलताको शुभकामना दिनु भएकाे थियाे ।

अर्घाखाँचीका स्थानीय तहमा विकास बजेट औसत रूपमा खर्च

लक्ष्मण घिमिरे साउन ४ अर्घाखाँची

अर्घाखाँचीका स्थानीय तहमा विकास बजेट औसत रूपमा खर्च भएको छ । ६ स्थानीय तहमध्ये छत्रदेव गाउँपालिकाले चालुमा ९८.१८ प्रतिशत पुँजीगतमा ६९.४३ खर्च गरेको । यस्तै जिल्ला सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकाले ८८.४७ चालुमा तथा पुँजीगतमा शतप्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक कमल पन्थीले जानकारी दिए । मालारानी गाउँपालिकाले चालुतर्फ ९६.६९ प्रतिशत खर्च गरेको छ भने पुँजीगत तर्फ ६७.४७ प्रतिशत खर्च गरेको जनाइएको छ ।

शीतगंगा नगरपालिकाले चालुतर्फ ९७.३३ प्रतिशत र पुँजीगत तर्फ ६७.४७ प्रतिशत खर्च भएको पन्थीको भनाइ रहेको छ । भूमिकास्थान नगरपालिकाले चालुमा ९३.३२, पुँजीगत ६७.४७ प्रतिशत गरेको छ भने पाणीनि गाउँपालिकाले चालुतर्फ ९२.८० प्रतिशत र पुँजीगत तर्फ ६९.४३ प्रतिशत खर्च भएको प्रमुख कोष नियन्त्रक शालिकराम पौडेलले जानाकारी दिए । जिल्लामा कुल चार अर्बको चालु बजेट रहेकोमा तीन अर्ब ७२ लाख खर्च भएको र पुँजीगततर्फ एक अर्ब ४९ लाख मध्ये एक अर्ब ३४ लाख खर्च भएको पौडेलको भनाई रहेको छ ।