डा. केसीका पक्षमा प्रदर्शन, तरुण दल अध्यक्ष बस्नेतको टाउकोमा प्रहरीको लाठी

साउन ५, २०७५ काठमाडौं : अनसनरत डा. गोविन्द केसीले राखेका मागको सम्बोधनमा दबाब दिन नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले गरेको प्रदर्शनको क्रममा झडप भएको छ।

प्रदर्शनको क्रममा झडप हुँदा अध्यक्ष जीतजंग बस्नेत सहितका नेता घाइते भएका छन्।  अध्यक्ष बस्नेतको टाउकोमा चोट लागेको छ। त्यस्तै प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी माथि पनि हातपात भएको छ। डा.केसीका समर्थकहरुको कार्यक्रम भइरहेका बेला तरुण दलको पनि प्रदर्शन पुगेको। तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको छ।

केसीको पक्षमा उत्रिएका कांग्रेस कार्यकर्ताहरुले प्रहरीले आफूहरुलाई ताकीताकी हिर्काएको आरोप लगाएका छन्।  कांग्रेस कार्यकर्ताले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठ्ठीचार्ज तथा अश्रुग्याँस प्रहार गरेको हो। प्रहरीले ८ सेल अश्रुग्याँस हानेको छ भने तरुण दल तथा नेविसंघका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरीले जनाएको छ।

नेविसंघ र तरुण दलको कार्यक्रमको अर्कोपट्टी अरु राजनीतिक दल र विभिन्न अभियन्ताहरुले गरेको कार्यक्रम पनि केहीबेर विथोलिएको थियो।
source: thahakhabar.com

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.