साउन ५, २०७५ बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालिका-६ बयानामा पहिरोमा पुरिएर एकैघरका तीनजनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर स्थानीय २९ वर्षीया महेश्वरी देवी थापा, उनकी ५० वर्षीया सासु उज्जली देवी थापा र ३ वर्षीय छोरा कृष्ण थापाको मृत्यु भएको हो।
कोटिखेत माविमा कक्षा १० मा अध्यनरत १८ वर्षीय मंगल थापाको पनि पहिरोमा पुरिएर मृत्यु भएको कोटिखेत मावि छान्नाका प्रधानाध्यापक प्रकाश थापाले जानकारी दिए। पहिरोमा पुरिएर दुईजना घाइते भएका छन्। घाइते हुनेमा मृतक महेश्वरीका छोरा ७ वर्षीय रिकेश थापा र ७ वर्षीय कविन्द्र थापा रहेका छन्। शनिबार दिउँसो करिब २ बजे माथिबाट आएको पहिरोले पुरिएर उनीहरुको ज्यान गएको कोटिखेत माबिमा छान्नाका प्रधानाध्यापक थापाले बताए।
source:thahakhabar.com