अन्तत : केसी आउने भए काठमाडौं, केसीलाई लिन अस्पताल छिर्‍यो प्रहरी, हेलिकोप्टरमा राख्‍ने तयारी 

साउन ३, २०७५ काठमाडौं : लामो समयको रस्साकस्सी र प्रहरी झडपपछि डा. गोविन्द केसी सेनाको हेलिकोप्टरमा बसेर काठमाडौं आउन सहमत भएका छन्। अस्पताल हातामा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेका कारण डा. केसीको समर्थनमा जुटेका स्थानीय र विद्यर्थीहरू हताहती भएका छन्।
source:thahakhabar.com

जीप दुर्घटनामा पत्रकार उजिर मगर गम्भीर घाइते, उपचारका लागि काठमाडौं लगिँदै

unn.prixa.net

पाल्पा साउन ३, २०७५ – बुधबार बेलुकी बाग्लुङ्गमा भएको जीप दुर्घटनामा गम्भीर घाइते हुनुभएका पत्रकार उजिर मगरलाई थप उपचारका लागि पोखराबाट काठमाडौं लगिँदै छ ।

पत्रकार महासंघका पूर्व महासचिवसमेत रहनुभएका मगरसँगै अन्य चार यात्रु चढेको ध १ ज १४९ नम्बरको जीप बाग्लुङ्गको गलकोट रिघामा दुर्घटनामा परेको थियो ।उहाँको दायाँ आँखा, निधार र वायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

बाग्लुङ्ग  गलकोटको आरोग्य अस्पतालमा प्रारम्भिक उपचार पछि विहीबार बिहान ३ बजे मणिपाल अस्पताल पोखरामा ल्याइएको थियो । उहाँलाई थप उपचारका लागि हेलीकोप्टरबाट काठमाडौं पठाउने तयारी भैरहेको छ ।

मगरसँगै घाइते भएका अन्यको स्वास्थ्य अवस्था अवस्था खतरामुक्त रहेको जानकारी दिइएको छ । source:ujyaaloonline

तीज गीत माली गाईको म्यूजिक भिडियो सार्वजनिक

बुटवल, २ साउन : सञ्चारकर्मी विरेन्द्र कुँवर र कुलेन्द्र विश्वकर्माको तीज गीत ‘माली गाई’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एंव प्रदेश नम्बर ५ अध्यक्ष लक्ष्मण खड्काले बुधबार एक समारोहका विच भिडियोको सार्वजनिक गरेका हुन ।

रिर्पोटस क्लब नेपाल प्रदेश ५ वुटवलमा गरिएको सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले तीज गितमा केहि विकृतिहरु देखिएकाले त्यसलाई सुधार गर्दै मौलीक परम्परा बोकेका गितलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने बताए । उनले सञ्चारकर्मी विरेन्द्र कुँवर सहितका साथीहरुले माली गाई तिज गित बजारमा ल्याएकोमा बधाई दिदै गीतको सफलतको शूभकामना दिए । ‘मौलीक पहिरन र नेपालीपन बोकेका गीतलाई सञ्चारमाध्यमले पनि प्राथमिकता दिनुपर्छ’ उनले भने ‘पश्चिमा सस्कृति बोकेका, छोटा लुगा लगाएका भिडियोलाई प्रशारण नगरौं ।’ उनले लोक क्षेत्रमा देखिएका विकृति अन्त्य गर्नका लागि सबैको प्रयास आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले परम्परागत गीत संगितलाई सर्जकहरुले वाहिर ल्याउनुपर्ने बताए । उनले माली गाई तीज गीतको सफलताको शूभकामना दिए । नेपाल प्रेस यूनियन रुपन्देहीका सभापति विक्रम खड्काले तीजका नाममा विकृति मौलाउँदै गएकाले त्यसको अन्त्य गर्न लोक कलाकारहरु नै लाग्नुपर्ने बताए । एभिन्यूज टेलिभिजनका व्यूरो प्रमुख दामोदर खनालले तिजका नाममा पार्टी प्यालेसहरुमा हुने खर्च तथा गित संगितमा देखिएको छाडापन रोक्न तर्फ लाग्नुपर्ने बताए ।

प्रेस सेन्टर प्रदेश ५ उपाध्यक्ष रुद्रहरि कुँवरले माली गाई मौलीक तीज गीत भएको भन्दै सफलताको शूभकामना दिए । कार्यक्रममा शब्द रचनाकार विरेन्द्र कुँवरले आफूले एक दशकदेखि पुस्तकका रुपमा तिजका गित प्रकाशन गर्दै आएकोमा यो पटक भने म्यूजिक भिडयो नै निर्माण गरेको बताए । उनले तीज गीत अहिले बजारमा चलेको जस्तो उताउलो नभएको भन्दै यसले गाउँको कथालाई समेटेको बताए । ‘एउटा प्रेमी र प्रेमीका कथामा तीजको महत्वलाई दर्शाइएको छ’ उनले भने । उनले माली गाई एउटा मौलीक गीत भएकाले यसलाई माया गरिदिन समेत आग्रह गरे । म्यूजिक भिडियोको निर्देशन विष्णु भट्टराईले गरेका हुन ।

विरेन्द्र कुँवरको शब्द, कुलेन्द्र विश्वकर्मा र पार्वता पाण्डेको स्वर गीतमा छ । गीतको लय गायक वसन्त लम्साल र संगित विश्वास नेपालले गरेका हुन । म्यूजिक भिडियोमा कुसुम थापा मगर, तिलक नेपाली, रोश्नी खड्का, जीवन थापा, ज्योती गिरीले अभिनय गरेका छन । भिडियोको कोरियो ग्राफर बुटवलका किशोर थापाले गरेका हुन । यसअघि कुँवरले मालारानी हाम्रो बोलको गित बजारमा ल्याएका थिए । कार्यक्रम रिर्पोटस क्लब प्रदेश ५ का प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा सञ्चारकर्मी सपन कुमार एन्जिलको सञ्चालनमा सम्पन्न भएको थियो ।