सूचना टाँसेर ८ दिनका लागि स्थगित भयो संसद

साउन ३, २०७५ काठमाडौं : प्रतिनिधिसभाको बैठक साउन ११ गते सम्मका लागि स्थगित भएको छ। बिहीबार १ बजेका लागि बोलाईएको बैठक संसद सचिवालयले सूचना टाँसेर ११ गते सम्मका लागि स्थगित भएको जनाएको हो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको बैठक अवरोध गर्ने जनाएको थियो।

आजको बैठकको कार्यसूचीमा परिमार्जन गर्दै बीमा विधेयक २०७५ लाई मात्र प्रस्तुत गर्ने कार्यतालिका रहेको थियो। उक्त विधेयक  प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यतालिका थियो। यसअघि आजको कार्यसूचीमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यसूची पनि राखिएको थियो। जसमा परिमार्जन गर्दै उक्त विषय कार्यतालिकाबाट हटाइएको थियो।
Parliament_2_85n4gtfsQE_ajnXZNZOVw.jpg

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक : कांग्रेसको सदन अवरुद्ध गर्ने चेतावनीले पछि हट्यो, सरकार विधेयकमा मेडिकल शिक्षाबारे प्रधानमन्त्री ओलीको नियत सही देखिएन : गगन थापा

साउन ३, २०७५ काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि पेश नहुने भएको छ।  यसअघीका बैठकमा पनि यो विधेयक राख्ने र हटाउने गरिएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि यो विषय कार्यसूचीबाट हटाइँदै आएको छ। उक्त कार्यको निरन्तरता बिहीबार पनि देखिएको हो। यहीँ विधेयकको विरोधमा र चिकित्सा शिक्षामा सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसी २० दिनयता जुम्लामा अनशनमा छन्।

उनलाई सरकारले उपचारका लागि काठमाडौं ल्याउन लागेको छ। उनको यसै विषयमा १५औँ अनशन हो। विगतमा सरकारले अध्यादेश मार्फत केसीका माग पूरा गर्न आँटेकोमा नयाँ सरकारले अध्यादेशमा भएका प्रावधान हटाएको भन्दै डा. केसी अनशनमा बसेका हुन्।  यसअघि जारी गरिएको प्रतिनिधिसभाको दैनिक कार्यसूचीमा परेको विधेयक प्रस्तुत गरे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने भएपछि कार्यसूचीबाट हटाइएको हो।  प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा उक्त विधेयक पेश हुने दैनिक कार्यसूची रहेको थियो।

जसमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कांग्रेस सांसद गगनकुमार थापा, संघीय समाजवादी फोरमकी सांसद सरिता गिरी र नेमकिपाका सांसद प्रेम सुवालको विरोधको प्रस्ताव निर्णयार्थ पेश गरेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयक सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको भएपनि अन्तिम समयमा उक्त कार्यसूचीमा फेरबदल गरिएको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन्।  आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘बिमा विधेयक- २०७५’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उक्त विधेयकमा नेमकिपाका सांसद प्रेम सुवालले विरोधको प्रस्ताव राखेका छन्। सुवालको उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि मन्त्री खतिवडाले विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि नै संघीय र प्रदेश संसदहरू अवरूद्ध गर्ने निर्णय गरेकाले आजको संसदको कारबाही अगाडि बढ्नेमा अन्योल छ।
source:thahakhabar.com

प्रतिनिधिसभाको कार्यसूचीमा राख्दै हटाइँदै ‘चिकित्सा शिक्षा विधेयक

साउन ३, २०७५ काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि पेश नहुने भएको छ।  यसअघीका बैठकमा पनि यो विधेयक राख्ने र हटाउने गरिएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि यो विषय कार्यसूचीबाट हटाइँदै आएको छ। उक्त कार्यको निरन्तरता बिहीबार पनि देखिएको हो।

यहीँ विधेयकको विरोधमा र चिकित्सा शिक्षामा सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसी २० दिनयता जुम्लामा अनशनमा छन्। उनलाई सरकारले उपचारका लागि काठमाडौं ल्याउन लागेको छ। उनको यसै विषयमा १५औँ अनशन हो। विगतमा सरकारले अध्यादेश मार्फत केसीका माग पूरा गर्न आँटेकोमा नयाँ सरकारले अध्यादेशमा भएका प्रावधान हटाएको भन्दै डा. केसी अनशनमा बसेका हुन्।  यसअघि जारी गरिएको प्रतिनिधिसभाको दैनिक कार्यसूचीमा परेको विधेयक प्रस्तुत गरे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने भएपछि कार्यसूचीबाट हटाइएको हो।

प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा उक्त विधेयक पेश हुने दैनिक कार्यसूची रहेको थियो। जसमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कांग्रेस सांसद गगनकुमार थापा, संघीय समाजवादी फोरमकी सांसद सरिता गिरी र नेमकिपाका सांसद प्रेम सुवालको विरोधको प्रस्ताव निर्णयार्थ पेश गरेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयक सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको भएपनि अन्तिम समयमा उक्त कार्यसूचीमा फेरबदल गरिएको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन्।  आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘बिमा विधेयक- २०७५’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उक्त विधेयकमा नेमकिपाका सांसद प्रेम सुवालले विरोधको प्रस्ताव राखेका छन्।

सुवालको उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि मन्त्री खतिवडाले विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि नै संघीय र प्रदेश संसदहरू अवरूद्ध गर्ने निर्णय गरेकाले आजको संसदको कारबाही अगाडि बढ्नेमा अन्योल छ।
source:thahakhabar.com

नारायणगढ–मुग्लिन दुई तर्फी सञ्चालन

साउन ३, २०७५ चितवन : इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । वर्षासँगै खसेको पहिरोका कारण बिहीबार बिहान ५ बजेदेखि अवरुद्ध भएको सडक बिहान ९ः४० बजेबाट सञ्चालनमा आएको हो। पहिरोका कारण रोकिएका सवारीसाधनहरु गन्तव्यमा जान थालेका छन्। यद्यपि, लामो समयसम्म रोकिएका कारण सवारीसाधानको लामो जाम छ। ट्राफिक प्रहरीले सुरक्षित स्थानबाट ओभरटेक नगरी सवारी सञ्चालन गर्न चालकहरुलाई आग्रह गरेको छ।

केसीलाई लिन अस्पताल छिर्‍यो प्रहरी, हेलिकोप्टरमा राख्‍ने तयारी

साउन ३, २०७५ काडमाडौं : डा. गोविन्द केसीलाई काठमाडौ ल्याउनका लागि भिडलाई तितर बितर बनाएर प्रहरी अस्पतालभित्र प्रवेश गरेको छ। डा. केसीलाई हेलिकोप्टरमा राखेर थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको जुम्ला संवाददाता रतन नेपालीले बताएका छन्। सो क्रममा भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ। प्रहरीको लाठीचार्जबाट थुप्रै व्यक्तिहरू घाइते भएका छन्। यद्यपि, के कति संख्यामा घाइते भए भन्ने यकिन संख्या आउने बाँकी छ।   डा गोविन्द केसीलाई लिन जुम्ला पुगेको सरकारी टोलीलाई केसीका समर्थकले गोविन्द केसीलाई भेटन दिएका थिएनन्।  काठमाडौंबाट गएको स्वास्थ्य विभागका महानिर्देशक गुणराज लोहनीसहितको टोलीलाई केसीका समर्थकले भेट गर्न नदिएका हुन्।
source:thahakhabar.com