जिल्ला बन कार्यालय अर्घाखाँची द्धारा पत्रकार सम्मेलन सम्पन्न

Image may contain: 3 people, including Shovakhar Panthi, people sitting and indoor

श्याम घिमिरे,साउन १ अर्घाखाँची
जिल्ला बन कार्यालय अर्घाखाँचीले आ.ब.२०७४।०७५ मा सम्पादन भएका क्रियाकलापहरुको बारेमा आज पत्रकार सम्मेलनको आयोजना गरी सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

Image may contain: 5 people, including Shreejan Bhusal, अनिल नेपाली अनिल नेपाली and Shovakhar Panthi, people sitting and indoor

जिल्लाका रहेका कृयाशिल पत्रकारहरुको उपस्थीति रहेको कार्यक्रममा जिल्ला बन अधिकृत दिपक ज्ञवालीले सहजीकरण गर्नुभएको हो । कार्यक्रममा अधिकृत ज्ञवालीले बन क्षेत्रका बिकास,बन क्षेत्रले ओगटेको क्षेत्रफल, आ.ब ७४।७५ को बजेटको स्वरुप,स्वीकृत कार्यक्रम,बार्षिक प्रगतिको अबस्था,कार्यक्रमका उपलब्धीहरु,अघिल्लो बर्षमा जिल्लामा बनडढेलोको अबस्था र बिभिन्न चेतनामुलक कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको हो ।

Image may contain: 4 people, people sitting and indoor

त्यस्तै कार्यक्रममा बैज्ञानीक बन ब्यबस्थापन सम्बन्धी कार्ययोजना तयारी र कार्यान्वयनको बारेमा पनि प्रकास पारीएको थियो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकालीले समेत मनतब्य राख्नु भएको जनाईएको छ । जिल्लामा हालसम्म ४४० वटा सामुदायीक बनहरु रहेका छन ।

Image may contain: 4 people, people sitting and indoor

Advertisement

आज साउने सक्रान्ति पर्व

 

आज साउनको पहिलो दिन अर्थात साउने सक्रान्ति पर्व हिन्दु धर्मावलम्बीहरुले मनाउँदै छन् । मानो खाई मुरी उव्जाउने कथन अनुसार धान रोपाईको काम सकिएको दिनका रुपमा आज साउने सक्रान्ति पर्व मनाउने प्रचलन छ ।

आजकै दिनबाट सूर्य कर्कट राशीमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । महिनाभर हिलोमा पसेर खेतीपाती गर्दा लुतो आउन सक्ने भएकाले किसानहरु शरिर सफा राखी किसानहरु लुतो फाल्ने गर्दछन् ।

कागती, अम्वा, अनार नास्पाती, आदी फलफुल चढाई कण्डारक नामक राक्षसको पूजा गर्नाले लुतो, खटिरा जस्ता चर्मरोगको प्रकोपबाट वच्न सकिने विश्वास रहिआएको छ ।

सर्पदंशबाट दाङमा दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

साउन १, २०७५ दाङ : बबई गाउँपालिका–४ हापुरेका २५ वर्षीय देवराज आलेको सर्पदंशवाट मृत्यु भएको छ। उनलाई सुतेकै अवस्थामा सोमबार राति सर्पले डसेको र मंगलबार बिहान उपचारका क्रममा राप्ति अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख एवं प्रहरी नायब निरीक्षक धनबहादुर केसीले जानकारी दिए। गर्मी भएको भन्दै उनले ढोका खुल्लै छाडेर भुइँमै सुतेको समयमा आलेलाई सर्पले डसेको प्रहरीले जानकारी दिएको छ।

मंगलबार बिहान १ बजे सर्पले डसेको परिवारले थाहा पाएपछि उपचारका लागि अस्पताल लगिएको थियो। त्यस्तै, तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका चार वर्षीय झपेन्द्र बिक सर्पदंशबाट मृत्यु भएको छ। उनको उपचारका क्रममा बाँँकेको कोहलपुर मेडिकलकलेजमा मृत्यु भएको छ। प्रहरीले जानकारी दिएको छ। सर्पदंशवाट गम्भीर बिरामी भएकी झपेन्द्रकी दिदी ११ वर्षीया अनिता बिकको पनि कोहलपुर मेडिकलकलेजमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। उनीहरु आँगनमा खेल्दै गर्दा सोमबार बिहान ७ बजेतिर उनीहरुलाई करेत सर्पले डसेको थियो।
source:thahakhabar.com

सरकार र डा. केसीका प्रतिनिधिबीचको दोस्रो वार्ता शिक्षा मन्त्रालयमा सुरु

साउन १, २०७५ काठमाडौं :

सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीचको दोस्रो चरणको वार्ता शिक्षा मन्त्रालयमा सुरु भएको छ। हिजो सरकारले वार्ता टोली गठन गरेपछि पहिलो चरणको वार्ता सोमबार बेलुका आठदेखि १० बजेसम्म चलेर स्थगित भएको वार्ता मंगलबार भर्खरै  सुरु भएको हो।

वार्तामा सरकारी टोलीका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी छन् भने डा केसीका पक्षबाट वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह र प्रितम सुवेदी सहभागी रहेका छन्।

डा. केसी पक्षबाट वार्तामा सहभागी एक सदस्य प्रितम सुवेदीले भने, ‘आजको वार्ता भर्खरै शुरु भएको छ केही निकास निस्केला भन्ने आशा गरेका छौँ’ हिजो अबेरसम्म चलेको वार्तामा सरकारी पक्षले डा केसीको स्वास्थ्यलाई ध्यान दिँदै तत्काल काठमाडौँ ल्याउने व्यवस्था मिलाउन केसी पक्षसँग आग्रह भए पनि केसी पक्षले भने पहिले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने अडान राखेकाले वार्ता सहमतlमा पुगेको थिएन।
source:thahakhabar.com