सागर महत अर्घाखाँची ३० असार
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले लोप हुदै गएको आरन ब्यबसायलाइ स्थापित गर्न फलाम पिटेर जिविकोपार्जन गर्ने आरन ब्यबसायीलाइ निशुल्क औजारहरु वितरण गरेको छ ।
नुवाकोटमा एक कार्यक्रमको आयोजना गरि नगरपालिका भित्र रहेका फलाम पिटेर जिबिको पार्जन गरिरहेका ५२ आरन ब्यबसायीलाइ निशुल्क रुपमा आरनको पंखा र हतियार उदाउने ग्रान्डैर वितरण गरेको हो । आरन ब्यबसायीहरु ३२ जनालाइ हतियार उदाउने ग्रान्डैर र २० जनालाइ आरनको पंखा वितरण गरिएको नगरपालिकाका कार्यकम्र अधिकृत हरिस्चन्द्र भुसालले बताउनु भयो ।
वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै भुमिकास्था नगरपालिकाका उपप्रमुख खडानन्द वेल्वासेले पुख्र्यौली रुपमा आरन पेशा गरेका आरन ब्यबसायीलाइ आधुनिकीकरण तर्फ उन्मुख गर्न आरन सम्बन्धि औजार वितरण गरेको बताउनु भयो । उहाले लोप हुदै गएको पेशा संरक्षण गरि युवाहरुलाइ आरन ब्बयसायमा आकर्षित गर्न र स्वरोजगार सृजना गर्न औजार वितरण गरेको बतानु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाले स्वरोजगारलाइ ध्यानमा राखेर कार्यक्रम अगाडी सारेको बताउनु भयो । उहाले पुख्र्यौली पेशाहरुको संरक्षण गर्नु नगरपालिकाको कर्तब्य समेत भएको धारणा राख्नु भयो ।
कार्यक्रम भुमिकास्थान नगरपालिका वाड नम्वर ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता र हरिस्चन्द्र भुसालको सञ्चालनमा सम्पन्न भएको दिलिप केसीले बताउनु भएको छ ।