श्याम घिमिरे,असार ३० सन्धिखर्क
सन्धिखर्क सानाशहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मुलसंस्था सन्धिखर्क अर्घाखाँचीको आयोजनामा सनिबार संस्थाको कार्यालय देउरालीडाँडाको परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । समितिका पदाधीकारीहरु,कर्मचारी तथा आमन्त्रीतहरुको उपस्थितीमा बिभिन्न जातका करीब दुई सय बिरुवाहरु लगाउने कार्य सम्पन्न भएको समितिका सचिब कमल प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
नयाँ कार्य समिति गठनपछी समितिले आफ्ना गतिबिधिहरुलाई तिब्ररुपमा अगाडी बढाएको समितिका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठले बताउनु भयो ।