बिन्दु घिमिरे, आसार ३०
भुमिकास्थान नगरपालीका वडा नम्बर ९ ढिकुरा मा पुर्णसरसफाई तथा फोहोर मैला ब्यवस्थापन सम्बन्धी एकदिने अभिमुखीकरण तथा डस्टवीन बितरण कार्यक्रम सनिबार सम्पन्न भएको छ । वडाअध्यक्ष नारायण प्रसाद खनाल को अध्यक्षता कल्पना पराजुलीको स्वागत मनतब्य र वडा सचिब कमल बिकको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रकाश सचेतन समूह प्राग अर्घाखाँचीका निर्देशक प्रेमनारायण गैरे र स्थानिय समाजसेबी गिरीराज घिमिरेको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा ६० जना स्थानियको सहभागिता रहेको त्यहाँबाट बिन्दु घिमिरेले खबर पठाउनु भएको छ ।