काठमाडौं ल्याइएको जोडी गैंडा प्रधानमन्त्रीले चिनियाँ राजदुतलाई हस्तान्तरण गर्ने:

 unn.prixa.net

असार २८, २०७५

काठमाडौं – सरकारले आज एक जोडी गैंडा चीन सरकारलाई उपहार स्वरुप प्रदान गर्दैछ । चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइएका जोडी गैंडा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राजदुत यू होङ्गलाई हस्तान्तरण गर्न लाग्नुभएको हो ।प्रधानमन्त्री ओलीले गैंडाको प्रजाति उत्पत्तिको प्रमाणपत्र, साइटिस निर्यात प्रमाणपत्र, पशु क्वारेन्टाइन प्रमाणपत्र र स्वास्थ्य प्रमाणपत्र सहित गैंडा हस्तान्तरण गर्ने कार्यक्रम रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो ।

सरकारले २०७३ साल असार २६ गते चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरे अनुसार पहिलो चरणमा ‘रुपसी र भद्र’ नामका जोडी गैंडा चीनलाई हस्तान्तरण गर्न लागिएको हो । अर्को जोडी गैंडा आगामी साउनमा चीनलाई हस्तान्तरण गर्ने तयारी छ । गैंडा चीनबाट आउने युनिटप एयरलाइन्सको कार्गाे विमानमा राखेर आजै बेलुका  गुआङजाओ विमानस्थल पुर्याइनेछ ।गैडाको व्यवस्थापनका लागि स्याहार सुसारमा खटिएका राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका भेटरिनरी प्राविधिज्ञ किरण रिजाल तथा वन्यजन्तु प्राविधिज्ञद्वय दिपप्रसाद चौधरी र विनोद दराई पनि चीन जाँदै हुनुहुन्छ । नेपालले अहिलेसम्म विभिन्न देशमा २६ वटा गैँडा उपहार स्वरुप दिइसकेको छ ।

source:ujyaaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.