घनश्याम पौडेल सन्धिखर्क, २८ असार
नेपाली कांग्रेसको जिल्ला सहसचिवमा इन्सु मियाँलाई मनोनयन गरिएको छ । बुधबार विपी स्मृति भवन सन्धिखर्कमा बसेको बैठकमा सर्वसम्मत मनोनयन गरिएको जिल्ला सभापति विष्णुप्रसाद मुस्कानले जानकारी दिए ।
बैठकले प्रशिक्षण विभाग प्रमुखमा लोकेन्द्र विकलाई चयन गरिएको छ । जसको सदस्यमा संगिता बेल्वासे, बाबुराम पौडेल, मानबहादुर रायमाझी, मनिराम परिवारलाई बैठकबाट मनोनयन गरिएको जिल्ला उपसभापति शान्ता भण्डारीले जानकारी दिईन ।
त्यस्तै बैठकले संगठन विभागको प्रमुखमा कृष्ण खनाल, युवा तथा विद्यार्थी विभागको प्रमुखमा पिताम्बर खनाललाई मनोनयन गरिएको जिल्ला सचिव छविलाल पौडेलले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले सवै एकजुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । समानुपातिक प्रतिनिधी सभा सदस्य समेत रहेका विकले जिल्लाको विकासका लागी लागीपर्ने बताए ।
बैठक जिल्ला सभापती मुस्कानको अध्यक्षता, उपसभापती भण्डारीको स्वागत र सचिव छविलाल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो।