कतारमा गएका अर्घाखाँचीका युवाको आर्थिक सहयोगमा एम्बुलेन्स (तस्बिर सहित)

२०७५ आषाढ २६, मंगलवार

प्रेमनारायण आचार्य
शान्तीबगैंचा, अर्घाखाँची २६ असार । रोजगारीकोलागि कतार गएका युवाहरुको संगठन अर्घाखाँची सेवा समाज कतारले आज श्रीशिद्देश्वर शिवालय तथा आनन्द बृध्दाश्रमलाई एम्बुलेन्स हस्तान्तरण गरेकोे छ ।
अर्घाखाँचीबाट रोजगारीकोलागि कतार गएका युवाहरुको पुर्ण आर्थिक लगानीमा एम्बुलेन्स खरिद गरिद एक समारोहका बिच  शिद्देश्वर सिबालय तथा आनन्द बृद्वाश्रम लाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
प्रवासमा अर्घाखाँचीबासीहरु एक होऔ नेपाली समाजकालागि सहयोग गरौ भन्ने नाराकासाथ विरामीको सेवाकोलागि एम्बुलेन्स किनी हस्तान्तरण गरिएको अर्घाखाँची सेवा समाज कतारका पुर्व कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए । झण्डै १२ लाखमा एम्बुलेन्स खरिद गरि हस्तान्तरण गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डाक्टर जगन्नाथ तिवारिले आश्रमका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ लाई शान्तीबगैंचाको योगाहलमा हस्तान्तरण गर्नु भएको हो ।
हस्तान्तरण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका वडा अध्यक्षहरु युवराज बन्जाडे, मोतीजंग रायमाझि, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम राजकुमार श्रेष्ठको अध्यक्षता र सहयोगी विसीको सञ्चालनमा सम्पन्न भएको हो ।
Advertisement

सन्धिखर्कको बसपार्क, भक्तिटोल र शान्ति बगैचामा फ्रि वाई-फाई सुविधा उपलब्ध

२०७५ आषाढ २६, मंगलवार सन्धिखर्क

                                                                                     शान्ति बगैचा ।
 अर्घाखाँची जिल्लाको सन्धिखर्कका विभिन्न ठाउँमा फ्रि-वाईफाई सुविधा उपलब्ध गराइएको छ ।
सन्धिखर्कका ३ स्थान बसपार्क, भक्तिटोला र शान्ति बगैचामा सोमबारदेखि  ‘फ्रि वाई-फाई’ को व्यवस्था गरेको हो ।
सन्धिखर्क नगरपालिकामा पर्ने बजार क्षेत्रमा आउने पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले वाईफाई जडान गरिएको हो । पर्यटन प्रवर्द्धनमा सहयोग पु-याउने गरी नगर क्षेत्रका विभिन्न स्थानमा फ्रि-वाइफाई अभियान सुरु गरिएको नगरपालिकाले बताएको छ ।
नगरपालिकाको झन्डै तिन लाखको लागतमा वाईफाई जडान गरिएको हो । नगरपालिकाले आगामी वर्षहरुमा अन्य क्षेत्रमा जडान गर्ने लक्ष्य लिएको छ ।
ईन्टरनेट सेवा लिन:-
१. सर्वप्रथम SANDHIKHARKA MUNICIPALITY FREE WIFI CONNECT गर्नुहोस ।
२. कुनै पनि वेव ब्राउजर खोल्नुहोस, त्यसमा सन्धिखर्क नगरपालिका लेखेको एउटा पेज खुल्ने छ ।
३. त्यसमा गएर FREE INTERNET मा क्लिक गर्नुहोस ।
४. त्यस पछि ईन्टरनेट संचालन हुने छ ।
source:arghakhanchi.com