गोपाल भट्टराई ,अर्घाखाँची २७ असार
सिप र दक्षता नै समृद्धिको आधार भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।नेपालमा ब्याप्त रहेको बेरोजगारको अन्त्य नभए सम्म सरकारले लिएको आर्थिक समृद्धिको नारा पुरा नहुने भन्दै उनिहरुले त्यसको निम्ती हरेक नेपाली एक सिप हुनु जरुरी रहेको बताएका छन् ।
भौतिक निर्माणलाई मात्र विकास मानेर मुलुक समृद्ध नहुने भन्दै उनिहरुले क्षमता अभिबृद्धिमा ध्यान दिन सरोकारवाला निकायलाई सुझाव समेत दिएका छन् ।सन्धिखर्क १ बाट यसै आर्थिक बर्षमा दलित महिला लक्षित कार्यक्रम अनुसार संचालन गरिएको ३ महिने आधारभुत सिलाइ कटाई तालिमको समापन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
भोकालाई एक छाक भोजन हैन जिउने जुक्ति सिकाउनु नै अहिलेको मुख्य आवस्यकता भएकोले अबको ध्यान सबैले यसैमा केन्द्रित गर्नुपर्ने उनिहरुको भनाइ रहेको छ ।कुल एक लाख बजेटमा सन्धिखर्क १ का १५ जना दलित महिलाको सहभागितामा सम्पन्न भएको तालिमको समापन समारोहमा बोल्दै नगर प्रमुख कमल प्रसाद भुसालले समाजमा ब्याप्त रहेको बेरोजगारलाई अन्त्य गर्न कुनैपनि कामलाई ठुलो या सानो नभनी भएको क्षमता र सिकेको ज्ञानलाई ब्यबहारमा लागु गर्नुपर्ने बताउनुभएको छ ।
यस्तै नगर उपप्रमुख ठाकुर कुमार वि.क.ले आफुहरुले बोकेको समृद्ध नगरको नारालाई सफल पार्न नगरपालिकाले क्षमता अभिबृद्धि सम्बन्धि बिभिन्न तालिम संचालन गरेको बताउनुभयो । उहांले तालिममा गरिएको लगानी खेर नफाल्न पनि सरोकारवालालाई आग्रह गर्नुभएको छ । सन्धिखर्क १ का अध्यक्ष युवराज बन्जाडे र २ का अध्यक्ष मोतिजंग रायमाझीले सिलाइ कटाइ ब्यावसायबाट केहि महिला ब्यावसायीहरुले मनग्य आम्दानी गरेको प्रसंग सुनाउंदै महिलाहरुको जीविकोपार्जनमा मद्धत पुग्ने बताउनुभएको छ ।
शारदा परियारको अध्यक्षता,मिना परियारको स्वागत मन्तव्य र बिष्णु परियारको संचालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरु लक्ष्मण पराजुली,बसन्ता के.सी.,बल बहादुर बि.सी.,आशा परियार,प्रशिक्षक रिमा कुमारी भुसाल,पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगायतले मन्तव्य राख्नुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।