न्याय बुझाउन अर्घाखाँचीका गाँउ गाँउमा सरकारी वकिल

न्याय बुझाउन अर्घाखाँचीका गाँउ गाँउमा सरकारी वकिल

घनश्याम पौडेल
अर्घाखाँची, २९ जेठ । राज्यले नागरिकमा सहज कानुनको पहुँच पुर्याउन भन्दै निःशुल्क रुपमा कानुनी सहायता उपलब्ध गराइरहेको छ । तर राज्यले गरेको यस्तो व्यवस्था प्रभावकारी नहुँदा ग्रामीण क्षेत्रका नागरिक अझै पनि कानुनको पहुँचबाट बाहिर छन् । कानुन हुने खानेका लागि मात्र भएको भन्दै ग्रामिण भेगका कतिपय मुद्दाहरु अदालत सम्म आउन नसक्दा पिडितले न्याय पाउन सकेका छैनन् ।

अर्घाखाँची जिल्लाका ग्रामिण भेगका अधिकाश नागरिकलाई कानुन के हो थाहा छैन होला, कानुनी काम काज र प्रक्रियाका विषयमा मात्र नभै अन्यायमा परे कहाँं जाने भन्ने कुरा पनि त्यहाका धेरै नागरिकलाई थाहा छैन । आफ्नै गाउँमा एकाएक अर्घाखाँची जिल्लाका न्याधिस सँगसँगै सरकारी वकिल पनि समुदायमा गएर सरकारी वकिल कार्यक्रम भुमिकास्थान नगरपालिका २ ढाकावाङ्गमा सम्पन्न गरेको छ ।

न्याधिस सँग भेट गर्नु हुन्न अदालतमा जान हुदैन, न्याय पाउन धेरै पैसा लाग्छ भन्ने कुरा हिजोको दिनमा आम मानिसलाई लाग्ने कुरा हो, तर अहिले यो कुरा अर्घाखाँची जिल्ला अदालतमा लागु हुदैन, जिल्ला न्याधिश रामचन्द्र पौडेलले प्रत्येक महिना सेवा ग्राहि सँग परामर्श गर्ने कार्यक्रम अदालत सँगै सरकारी वकिलले कार्यालयले पनी गरेको छ ।

नागरिकका गुनासा सुनेपछि जिल्ला अदालत अर्घाखाँचीका न्यायधिस पौडेलले अझै पनि ग्रामिण दुर दराजका नागरिक अदालत सम्म आउन नसकेकाले हातेमालो गर्न जरुरी रहेको उल्लेख गर्दै अव देखि अर्घाखाँची अदालतमा आउन कुनै डराउनु नपर्ने, साथसाथै कम समय, निशुल्क न्याय जनताले पाउन सक्ने बताए ।

ग्रामिण बस्तीका अधिकाश नागरिकमा अशिक्षा र चेतनाको कमीले गर्दा आफनो समस्या दवाएर राख्ने गरेको स्थानियले बताए ।
सरकारी वकिल रोमाकान्त ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्दै कागज विना राजनितिक व्यक्तिले जस्तो जवाफ दिन नमिल्ने भएकाले मुद्धा फस्यौटका लागि आवश्यक कागजात भएमा प्रक्रिया झन्झटिलो नभएको बताए ।
कार्यक्रममा प्रमुख कोष नियन्त्रक शालीग्राम पौडेल, वडा अध्यक्ष वुद्धि थापा, सरकारी वकिल हरीप्रसाद घिमिरेले न्यायको बारेमा जानकारी गराएको कार्यक्रमको सञ्चालन सुनिता खनालले गरेकी थिईन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.