अर्घाखाँचीमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन (फोटो फिचर)

अर्घाखाँचीमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन (फोटो फिचर)

घनश्याम पौडेल
सन्धिखर्क, २९ जेठ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र बालकृष्ण ढुंगेललाई सरकारले दिएको आममाफीको विरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल अर्घाखाँचीले मंगलबार सदरमुकाम सन्धिखर्कमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

Image may contain: one or more people, people standing, fire and night

विद्यार्थी तरुण तथा कांग्रेसका उल्लेखनीय कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा पेट्रोलियमको मूल्य वृद्धि फिर्ता र बालकृष्ण ढुंगेलको आममाफी फिर्ता लिन माग गर्दै पुत्ला जलाइएको नेविसंघका कार्यबाहक अध्यक्ष नेत्र मरासिनीले बताए ।

Image may contain: 1 person, standing and fire

Image may contain: one or more people and fire

केही महिनाको बिचमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि काँग्रेसका भातृसंगठन आन्दोलनमा उत्रिएको तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्काको भनाई छ । उनले सरकारले बढाएको मुल्य र ढुंगेलको माफी फिर्ता नलिए अझै आन्दोलनमा उत्रिने बताए ।

 

पुत्ला दहन कार्यक्रममा कांग्रेसका जिल्ला सभापति विष्णु मुस्कान, उपसभापति शान्ता भण्डारी, महासमिती सदस्य केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधी कृष्ण खनाल लगाएतका कांग्रेसका नेताहरु समेत पुत्ला दहन कार्यक्रममा सहभागी थिए । पुत्ला दहन पछिकाे काेणसभा नेविसंघका जिल्ला उपाध्यक्ष सुरज रायमाझीले सञ्चालन गरेका थिए ।

Image may contain: 1 person, crowd and outdoor

Image may contain: 16 people, including Rajan Poudel, people standing, crowd and outdoor

 source:hindukhabar.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.