श्याम घिमिरे अर्घाखाँची २० जेष्ठ
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्माले गुणस्तरीय शिक्षाको लागि अभिभावकहरूकाे महत्त्वपूर्ण भुमिका रहने बताउनु भएकाे छ ।
जनज्योति माबि चुत्राबेसिकाे ५५ अाैं बार्षिक उत्सब तथा अभिभावक दिवसकाे अबसरमा आइतबार प्रमुख अतिथिकाे रूपमा मनतब्य राख्दै प्रमुख भुसालले यस्तो बताउनु भएकाे हाे । बैज्ञानिक र ब्यबहारिक शिक्षा बिना देशमा अामुल परिवर्तन हुन नसक्ने भन्दै प्रमुख भुसालले शिक्षा क्षेत्रकाे बिकासकालागि सबै एकजुट भएर लाग्नुपर्नेमा जाेड दिनु भयाे ।
कार्यक्रममा सनपा २ का वडाअध्यक्ष माेतिजंग रायमाझी ,बिद्यालयका पुर्ब प्रअ दिननाथ अाचार्य,स्राेतब्यक्ति युबराज भुसाल ,समाज कल्याण अाधारभु बिद्यालयका प्रअ बुद्धिराम मिश्र ,बिद्यालयका पिटिए अध्यक्ष मुक्तिनाथ भुसाल र अभिभावककाे तर्फबाट पदम क्षेत्री लगायतले शुभकामना मनतब्य राख्नु भएकाे थियो । कार्यक्रममा बिद्यालयका प्रअ पशुपति भुसालले बिद्यालयकाे प्रगति बिबरण समेत पेस गर्नु भएकाे थियाे ।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धर्मराज बन्जाडेकाे अध्यक्षता,शिक्षिका शारदा भट्टराईको स्वागत मनतब्य र शिक्षक नन्दराम भट्टराईको सन्चालनमा सम्पन्न भएकाे हो ।