श्याम घिमिरे अर्घाखाँची जेष्ठ २१
नेपाल पत्रकार महासंघका केन्द्रीय बरीष्ठ उपाध्क्ष बिपुल पोख्रेलले सुचनाको हकले राज्य र जनताबिच सुमधुर सम्बन्ध ल्याउने बताउनु भएको छ ।
नेपाल पत्रकार महसंघ अर्घाखाँचीको आयोजना र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको संयोजनमा आज सन्धिखर्कमा आयोजित सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मनतब्य राख्दै उपाध्यक्ष पोख्रेलले यस्तो बताउनु भएको हो ।
सुचनाको सही कार्यान्वयनले ब्यक्तिको लोकप्रीयतालाई अबलम्बन गर्ने भन्दै उपाध्यक्ष पोख्रेलले पत्रकारीता क्षेत्रलाई प्रभाबकारी बनाउन सुचनाको हकको आबश्यकपर्ने धारणा ब्यक्त गर्नु भएको हो । उहाँले डाटाबेसमा पत्रकारीता अबको आबश्यकता भएकोले लोकतन्त्रलाई ब्यबस्थीत गर्न सुचना र पत्रकारको गहन जिम्मेवारी हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल,छत्रदेब गाउँपालीकाका प्रमुख लेखनाथ पोख्रेल,पाणीनि गाउँपालीका प्रमुख अच्युत गौतम,सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार बिक,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,मालारानी गाउँपालीका उपाध्यक्ष प्रमिला क्षेत्री,पत्रकार महासंघ दाङ्गजिल्ला पुर्ब अध्यक्ष सुदिप गौतम, पत्रकार महासंघ ५ नम्बर प्रदेश सदस्य शोभाखकर पन्थी ,प्रेमनारायण आचार्य,अशोक खनाल,पत्रकार हृदय भुसाल,अशोक पौडेल,श्याम घिमिरे लगायतले मनतब्य राख्नु भएको थियो ।
कार्यक्रम पत्रकार महासंघ जिल्ला अध्यक्ष हिम जिसी लेकालीको अध्यक्षता गणेश खनालको स्वागत मनतब्य र सुर्य भुसालको सन्चालनमा सम्पन्न भएको हो ।