गोपाल भट्टराइ अर्घाखाँची २० जेष्ठ
चालु आर्थिक वर्षको समय सकिनै लाग्दा जिल्लाकै नमुना र समृद्ध नगर बनाउने उद्घोष गरेको सन्धिखर्क नगरपालिकाले योजनाहरूको अनुगमनलाई तिब्र पारेको छ । जस अन्तरगत आज नगरको वडा नम्बर ४ र ५को वाङ्गला र ८ को किमडांडाका गरि एक दर्जन भन्दा बढि योजनाहरुको अनुगमन गरिएको सन्धिखर्क नगरपालिकाले जनाएको छ ।
अनुगमन समिति संयोजक एवम् नगर उपप्रमुख ठाकुर कुमार वि.क.कार्यकारी अधिकृत जिवन ज्ञवाली,बिषयगत इन्जिनियर सम्बन्धित वार्डका वडाध्यक्ष सहितको टोलीले अनुगमन गरेको खबरमा उल्लेख छ । अनुगमनको क्रममा टोलीले जनता अधारभुत विद्यालय किमडांडाको भौतिक र शैक्षिक प्रगति बिबरणको समेत जानकारी लिएको छ ।
विद्यालयको स्थलगत निरिक्षण गर्दै नगर उप–प्रमुख वि.क.ले भ्रष्टचारलाई शुन्य सहनशिलताको निति अवलम्बन गरि उपलब्ध स्रोतसाधनलाई उचित सदुपयोग गरि समृद्ध नगर बनाउने आफुहरुको योजना सुनाउंदै सबैले सहयोग गर्नुपर्नेउमा जोड दिनुभएको छ । कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष शिव पोख्रेल र प्र.अ.कमल प्रसाद गैरेले विद्यालयको पूर्व अवस्था र अहिलेको प्रगति बारे प्रस्तुतीकरण गर्नुभएको थियो ।