श्याम घिमिरे अर्घाखाँची १६ जेष्ठ
भुमिकास्थान नगरपालीका वडानम्बर दुई ढाकाबाङ अमलाचौर निबासी स्वर्गिय कुलानन्द बन्जाडेको १२ औं स्मृति दिवस तथा पुरस्कार बितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । स्वर्गिय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रम प्रतिष्ठानका अध्यक्ष बुद्धिबहादुर थापाको अध्यक्षता,कमल प्रसाद खनालको स्वागत मनतब्य र चन्द्रबहादुर केसीको सन्चालनमा सम्पन्न भएको हो ।
बन्जाडेको प्रतिमामा माल्यार्पणगरी सुरु भएको कार्यक्रममा मनतब्य राख्ने बक्ताहरुले भद्र,नम्रता,शालिनता र सदैब अरूको भलो चिताउने ब्यक्ति बन्जाडेलाई समाजले कहिल्यै नर्बिसने भन्दै स्वर्गिय बन्जाडेले देखाएको बाटोमा हिडेमा एउटा असल नागरीक बन्न सकिने बताउनु भयो । यसरी मनतब्य राख्नेहरुमा बिश्व माबि ढाकाबाङका पुर्ब प्रअ खड्क बहादुर थापा, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बाबुराम खनाल,प्रअ जुमलाल खनाल,बालशिक्षा माबिका शिक्षक लक्ष्मण खनाल लगायतले मनतब्य राख्नु भएको हो ।
कार्यक्रममा भमिकास्थान नगरपालीका वडानम्बर दुई भित्रका बिद्यालयहरुबाट अन्तीम परीक्षामा उत्कृष्ट अंक ल्याउने बिभिन्न १४ बिद्यालयका एकएक जना छात्रछात्रा हरुलाई पुरस्कार समेत बितरण गरीएको हो । त्यस्तै भुनपा भित्रका आधारभुत बिद्यालयबाट उतकृष्ट अंक ल्याउने एकजना छात्रालाई पनि पुरस्कार प्रदान गरीएको कमला बन्जाडेले जानकारी दिनु भयो ।