श्याम घिमिरे अर्घाखाँची,जेष्ठ १७
जिल्ला प्रसाशन कार्यालय अर्घाखाँची र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सक्रियतामा आज सदरमुकाम सन्धिखर्कको बिभिन्न हाेटल तथा रेष्टुरेन्टहरू बाट करिब एक हजार लिटर अबैध घरेलु मदिरा जफत गरी एक कार्यक्रमका बिच नष्ट गरीएको छ ।
जिल्ला प्रहरी कार्यालयमा आयोजित मदीरा नष्ट कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले नेपाल सरकारको निति अनुसार अबैध मदीराको पुर्ण नियन्त्रण गरीने भन्दै यो अभियानलाई निरन्तरता दिने बताउनु भयो ।
अबैध मदीरा नियन्त्रणको लागी नेपाल सरकार प्रतिबद्ध रहेको बताउदै प्रजिअ भुसालले यसकार्यमा सबैको सहयोगको आबस्यकता रहेको बताउनु भयो । यसप्रकारको कार्यले समाजमा सामाजीक,सांस्कृतिक र आर्थिक रुपमा समेत नकरात्मक प्रभाब पारेको र समाजमा बिकृति आईरहेको हुनाले यसलाई नियन्त्रण गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा मनतब्य राख्दै निमित्त प्रहरी प्रमुख प्रदिप कुमार डिसीले सरकारको निति अनुसार प्रहरी जस्तोसुकै कामगर्नपनी तयार रहेको बताउदै देशमा शान्तीसुरक्षा कायम गर्न नेपाल प्रहरी सक्षम रहेको बताउनु भयो ।