घनश्याम पौडेल,सन्धिखर्क, १६ जेठ अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ३ छापडाडाँ निवासी दुवै मृगौला फेल भएका ४० वर्षिय प्रेमबहादुर राक्से थापालाई कांग्रेसले आर्थिक सहयोग गरेको छ ।
आफ्नो दैनिकी चलाउँने खर्च बचाएर नेपाली कांग्रेसको भातृ संगठन नेपाल जनसम्पर्क समिती बहराइनका अध्यक्ष पदम सुन्दर गुरुङको नेतृत्वमा संकलित ४१ हजार एक रुपैँया नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु मुस्कानले प्रेमबहादुरका बुबा कृष्णबहादुर राक्से मगरलाई हस्तान्तरण गरे । मुस्कानले कांग्रेस सवैको दुःख सुखमा साथ दिने बताए ।
सोही कार्यक्रममा नै कांग्रेस सनपा ३ बाट संकलीत २१ हजार २ सयँ २० रुपैँया वडा अध्यक्ष लिला गौतमले हस्तान्तरण गरे । आफ्नो दैनिकी खर्च वापतको रकम बचाएर नेपालीबाट संकलन गरिएको पैसाले उपचारमा सहयोग पुग्ने र आउँदो दिनमा पनी सहयोग गर्दै जाने जनसम्पर्क समितीका उपाध्यक्ष रामु खनालले बताए ।
प्रेम थापा दुवै मृगौला फेल भई उपचारको सिलसिलामा भारतको दिल्लीमा रहेका छन । उनलाई श्रीमती दिना राक्से मगरले एउटा मिगौला दिने परिवारले जनाएको छ । उनको उपचारका गर्न २३ लाख अस्पतालले मागेको परिवारले जनाएको छ ।
कार्यक्रममा जिल्ला सभापति मुस्कान, उपसभापति शान्ता भन्डारी, तरुदलका अध्यक्ष नारायण खड्का, वडा अध्यक्ष लिलाराम गौतम, सनपा १२ का सभापति लिलाधर बस्याल, पत्रकार माहासघका अध्यक्ष हिम बहादुर जिसि, प्रेस युनियन अध्यक्ष सुर्य प्रसाद भुसाल, पत्रकार घनश्याम पौडेल, नेविसंघ उपाध्यक्ष सुरज रायमाझी लगाएतले मन्तव्य राखेको कार्यक्रम कांग्रेसका क्षेत्रीय प्रतिनिधी सुर्य भुसालले सञ्चालन गरे ।