ज्ञान प्रकाश मावि सल्लिकोट डिभर्नाको ५९ औं वार्षिकोत्सव सम्पन्न

ज्ञान प्रकाश मावि सल्लिकोट डिभर्नाको ५९ औं वार्षिकोत्सव सम्पन्न

विक्रम पाण्डे समान्ता सन्धिखर्क, १४ जेठ

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १२ मा रहेको ज्ञान प्रकाश मावी सल्लिकोटले सोमवार आफ्नो बिद्यालय स्थापनाको ५९ औं वार्र्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा भुसालले सामुदायिक विद्यालय पनि निजी विद्यालय सरह सफल, उदाहरणीय र नमुना बनाउन सकिन्छ कुरा आज ज्ञान प्रकाशले प्रष्ट पारेको बताए । उनले जिल्लामा नमुना बिद्यालयको रुपमा उभ्याएको र आगामी दिनमा अझ देशकै एक अग्रणी शैक्षिक धरोहरको रुपमा स्थापित हुन सफल होस् भनी शुभकामना व्यक्त गरे ।

नगर प्रमुख कमल भुसालले पालिकाबाट हुने सक्दो सहयोग बिद्यालयलाई गरेको र भबिस्यमा पनि बिद्यालयको आवस्यकतालाई मध्यनजरमा राखी जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।

उपप्रमुख बिकले बिद्यालयको प्रगतीको कामना गर्दै थप सफलताको कामना गरे । त्यस्तै शिक्षा बिकास तथा समन्वय एकाईका शाखा अधिकृत बेल्वासेले समन्वय एकाईबाट प्रदान हुने विभिन्न शिर्षकका कार्यक्रममा छनौट भैइ जिल्लामा राम्रो छाप राख्न सफल भएकोमा बधाई दिदै प्राप्त आईसिटी जस्ता कार्यक्रमहरु लक्षित बालबालिकाको सिकाई उपलब्धिमा महत्त्वपूर्ण हुने हदा त्यस्ता कार्यक्रमहरु संचालन र कार्यान्वयन हुन पर्नेमा जोड दिए ।

वडा अध्यक्ष नारायण खडकाले आउँदो दिनमा नगरपालिकाकै नमुना विद्यालय बनाउन लागीपर्ने बताए । समारोहमा पुर्व ८ जना सेवा निवृत्त शिक्षक शिक्षिकाहरुलाई बिदाई तथा सम्मान गरिएको छ । सम्मानित शिक्षक राम बहादुर बस्याल, शोवाकर कुवँर, लिलाधर बस्याल, शिक्षिका जानका बस्याल, ज्योत्सना भुसाल, सीता बन्जाडे र मिना आचार्यलाई बिद्यालय रहि गरेको सेवाको उच्च मुल्यांकन गर्दै दोसल्ला र सम्मानपत्रले बिदाई तथा सम्मान गरिएको हो ।

कार्यक्रममा अवकाश प्राप्त शिक्षक लिलाधर बस्याले आफुलाई सम्मान गरेकोमा विद्यालयलाई धन्यवाद दिए। उनले विद्यालयको लागि सहयोग स्वरुप नगद रु बीस हजार रुपैयाँ प्रअ सुर्य बहादुर खनाललाई हस्तान्तरण गरे । कार्यक्रममा प्रअ खनाले बिद्यालयको शैक्षिक तथा भौतिक प्रतिबेदन पेस गरे भने बिद्यालय प्रतिबेदन शिक्षिक दिपक खनालले पेश गरेका थिए ।

कार्यक्रमको बिच बिचमा बिद्यार्थीद्वारा गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । साथै आर्थिक वर्ष २०७३ र ०७४ मा कक्षा १ देखि १० कक्षा सम्म प्रथम द्धितीय , तृतीय स्थान प्राप्त तथा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई पुरस्कृत गरीयो ।

शिक्षिकबाट शिक्षिक दुर्गा प्रसाद बस्याल सम्मानित भए भने विद्यालय सहयोगी ज्ञानहरी बस्याललाई सम्मान गरिएको थियो । समारोह बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष कासिराम बस्यालको अध्यक्षता, शिक्षिक दुर्गा बस्यालको स्वागत मन्तव्य एवं शिक्षिक दिलामणी बेल्वासे र उत्तम भट्टराईको संचालनमा सम्पन्न भएको थियो । बिद्यालय २०१६ सालमा स्थापना भएको हो । विद्यालयले गत वर्षदेखि बिद्यालयले कक्षा ११ र १२ सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.