श्याम घिमिरे, जेष्ठ १५ अर्घाखाँची
राष्ट्रीय जनमोर्चा अर्घाखाँचीका नबनिर्वाचित जिल्ला अध्यक्ष थम्मन केसीले पछिल्लो समयमा जिल्लामा राज्यका निकायहरुले बिभिन्न कार्यमा आफ्नो पार्टीलाई उपेक्षा गरेको भन्दै आक्रोस ब्यक्त गर्नु भएको छ । राजमो अर्घाखाँची द्धारा चौथो जिल्ला सम्मेलनले गरेका नियर्णहरु सार्बजनिक गराउने उद्धेश्यले आज सदरमुकाम सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे अध्यक्ष केसीले यस्तो आक्रोस ब्यक्त गर्नुभएको हो । जिल्लाको समृद्धीकोलागी आफ्नो पार्टी सबैसंग हातेमालो गरेर अगाडी बढ्न चाहेको बताउदै केसीले नरपानीको चुनढुंगा उत्खनन् सधैकालागी बन्द गर्नुको बिकल्प नभएको बताउनु भएको छ ।
जिल्लामा हुने सबैखाले अनियमितता,कालो बजारी,भ्रष्ट्रचार लगायतका बिषयहरुमा आफ्नो पार्टीको गम्भीर ध्यान आर्कषण भएको भन्दै अध्यक्ष केसीले यस्ता कृयाकलापहरु नसच्चीय आन्दोलनमा जाने चेताबनी समेत दिनु भएको छ । कार्यक्रममा राजमो केन्द्रयि सदस्य झबिलाल थापा, प्रदेश ५का सदस्य शेर बहादुर बिसी,राजमो नेता सागर केसी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेलको स्वागत मनतब्य र सचिब बाबुराम सुनारको सन्चालनमा सम्पन्न भएको हो ।