अर्घाखाँचीमा गणतन्त्र दिवस मनाइयो, ४ जना कैदी जेलबाट छुटे

 

घनश्याम पौडेल,अर्घाखाँची १५ जेठ  अर्घाखाँचीमा मंगलबार विहान विभिन्न कार्यक्रम गरेर एघारौ गणतन्त्र दिवस २०७५ मनाइएको छ । वि.स २०६५ जेठ १५ गते संबिधानसभाले नेपालमा गणतन्त्र स्थापना भएको घोषणा गरेको दिनको स्मरण गर्दै दिवस मनाइएको हो । गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा बेनीमा प्रभातफेरी, सन्धिखर्क कारागारमा रहेका कैदी र जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण गरी मनाइएको हो ।

हेर्नुहोस भिडियो

जिल्ला समन्वय समिती अर्घाखाँचीको अगाडी टुडीखेलबाट सुरु भएको ¥याली शान्तीबगैँचा, ट्राफिक प्रहरी, हस्पीटल लाईन हुदैँ कारागार पुगी कारगारका कैदीलाई फलफुल वितरण गरी अस्पताल आएर विरामीलाई फलफुल वितरण सँगै प्रवचन कार्यक्रम गरी सम्पन्न भएको हो ।
¥यालीमा जिल्ला समन्वय समिती, जिल्ला प्रशासन कार्यालय, सन्धिखर्क नगरपालीकाका जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी र संघ संस्थाका प्रतिनिधि, पत्रकारहरुको सहभागिता रहेको थियो ।

Image may contain: 9 people, people smiling, outdoor

कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्माले कांग्रेस सहयोगी पार्टी मात्र हो, भन्दा सरकार कतै गणतन्त्र धरापमा पानी लागेको त होईन भनेर प्रश्न गरे ? ‘उनले गणतन्त्र धरापमा हुने हो की भनेर सचेत रहन आग्रह गर्दै गणतन्त्र मार्फत जनताको अपेक्षा र चाहनालाई पुरा गनर्, अब सबैले आचरण र व्यवहार सुधार गर्नुपर्ने अवस्था आएको बताए ।’

सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसालले संघिय व्यवस्थाको दिगोपनाका लागि अब स्थानीय स्रोत साधनको पहिचान र परिचालनमा ध्यान दिनुपर्ने बताए । उनले गणतन्त्र सँगै देश पुनः संरचना सँगै सरकारले स्थानिय तह र प्रदेश धान्न सक्दैन भन्ने टिप्पणी आएपनी संघीयता खारेज हुन नसक्ने बताए ।

उपप्रमुख ठाकुर विकले गणतन्त्रको संस्थागत विकास गर्दै सम्बृद्धीको बाटोमा अघि बढेको बिचार व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले गरिबी, अशिक्षा, बेरोजगार हटाउँन गणतन्त्र दिवसले सवैलाई केन्द्रीत गरोस भन्दै शुभकामना व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टीका जिवनारायण कोईराललाले सरकार समृद्धिको अभियानमा लागेकोले सवै हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताए ।

कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले राजनितिक लडाई अन्त्य भई देश संमृद्धिको बाटोमा अगाडी बढेकोमा सकारात्मक काममा कांग्रेसले तप्पर रहेको बताए । उनले संघिय गणतन्त्रात्मक व्यवस्थाले सिहंदरबारमा केन्द्रित अधिकार, सेवा र सुबिधा गाउँ नगरमा ल्याउने भनेपनी सवै अधिकार सरकारले प्रदेश र स्थानियलाई नदिएको बताउँदै समृद्ध बन्नका लागी अधिकार स्थानिय र प्रदेशलाई दिनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष हिमबहादुर जिसी लेकालीले गणतन्त्र ल्याउँन पत्रकारको भुमिका महत्वपुर्ण रहेको बताए ।
जिल्ला समन्वय समितीका मुक्ति खनालको सञ्चालनमा प्रवचन कार्यक्रम सम्पन्न भएको हो । गणतन्त्र दिवसको दिन जिल्ला कारागार सन्धिखर्कमा रहेका ४ जना कैदी जेलबाट छुटेका छन । सवारी ज्यान मुद्धाका पत्थरकोट ठेगाना भएका सुदन खड्का, सन्धिखर्क छापडाडाँका कुलबहादुर दंगाल, खनदहका लालबहादुर नेपाली र सुवर्णखालका गुनाखर अधिकारी जेलबाट छुटेका हुन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.