श्याम घिमिरे अर्घाखाँची जेष्ठ १४
राष्ट्रीय जनमोर्चा अर्घाखाँचीको चौथों जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गरी आईतबार राती समापन भएको छ । सम्मेलनले थम्मन केसीको अध्यक्षतामा २३ पुर्ण र ७ बैकल्पीक गरी ३० जनाको जिल्ला समिति सर्बसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा गोपाल पौडेल,सचिब बाबुराम पन्थी सुनार,कोषाध्यक्षय यमलाल पोख्रेल र सहसचिबमा तुलसा कुवर रहेका छन ।
त्यस्तै सदस्यहरुमा मिनिराज भट्टराई,भबिश्वर बन्जाडे,कृष्ण केसी,मेगराज खनाल,कबिराम खनाल,मिना आले, पदम केसी,मानबहादुर राना, गोपाल पाण्डे,गोबिन्द बिसी,रुद्र पराजुली,गंगाराम खनाल,चोपबहादुर सारु,कृष्णबहादुर सुनार,नेत्र गैरे,नारायण प्रसाद घिमिरे,डिलबहादुर खत्री,गोकर्ण मुखिया रहेका छन । त्यस्तै बैकल्पीक सदस्यहरुमा देब बहादुर रावल,सुदिप पन्थी,लेखनाथ भुसाल,सुमित्रा थापा,गोबिन्द थापा,सिता भट्टराई र कमल घिमिरे चयन भएका छन ।
त्यस्तै सम्मेलनले सागर केसी,पशुपति ढकाल ,नरेन्द्र थापा ,खडक बहादुर थापा ,जीवनारायण खनाल,चेतनारायण गैरे,तुल्सी वेलवासे,भिमलाल आचार्य,दिलदार हुसैन ,पिताम्बर घिमिरे ,सिद्धि प्रसाद भट्टराई रहेको ११ सदस्यीय सल्लाहकार मितिको पनि चयन गरेको छ । यस अगि सनिबार राजमो अध्यक्ष चित्रबहादुर केसीले सम्मेलनको उद्घाटन गरेका थिए ।