अर्घाखाँचीमा आर्थिक गणना कार्यले तिब्रता पायो ।


श्याम घिमिरे अर्घाखाँची १४ जेष्ठ
प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ बैशाख १ गतेबाट देशभर शुरु भएको छ । केन्द्र, प्रदेश तथा स्थानीय तहसम्म योजना तर्जुमा र नीति निर्माण गर्न , आधारभूत आर्थिक तथ्यांक उपलब्ध गराउन, मुलुकको राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न आर्थिक गणना गर्न लागिएको केन्द्रीय तथ्यांक विभागले जनाएको थियो । यसबाट सम्बन्धित क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्यांक प्रयोगकर्तालाई व्यवसाय समृद्धिका लागि नीति तथा योजना तर्जुमा गर्न एवं अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक उपलव्ध हुने विश्वास समेत गरिएको छ । आर्थिक गणनालाई सफलताका साथ सम्पन्न गर्नका लागि विभागले ७७ जिल्लामा गत चैत १ गतेदेखि ४ महिनाका लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिसकेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार यही जेष्ठ ३१ गतेसम्म गणना सकिने छ ।

यसैबिच अर्घाखाँची जिल्लामा पनी तिब्ररुपमा अभियान अगाडी बढेको तथ्यांक अधिकृत महेश बोहराले जानकारी दिनु भएको छ । आईतबार सम्म जम्मा पेपर बेसमा ५ हजार ९ सय ८६ वटा फर्म भरीएको त्यस्तै ई सेन्सस् बाट १ सय रजिष्ट्रड मध्ये ६९ वटा फर्म कम्पीलेट भएको केन्द्रीय सुपरीबेक्षक गणेश प्रसाद मरासीनिले जानकार िदिनु भएको छ ।

यसैक्रममा जिल्ला आर्थिक समन्वय समितिको बैठक आज सम्पन्न भएको छ । जिल्ला आर्थिक गणना संयोजक एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा सम्पन्न बैठकले आर्थिक गणना कार्य सम्पन्न गर्ने निर्णय गर्नुका साथै प्रगति बिबरणको बारेमा जानकारी समेत गराईएको कार्यालयले जनाएको छ । यसअघि गणना कार्यको तिब्ररुपमा अनुगमन समेत गरीएको खबरमा जनाईएको छ ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.