रुद्रमणि भुसाल,अर्घाखाँची जेष्ठ १२
नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले नेपाली काग्रेसलाई जिल्ला देखि गाउँसम्म सशक्त बनाएर लैजाने बताउनु भएको छ । नेपाल दलित संघको पाँचौ जिल्ला अबिधेशनलाई सनिबार सदरमुकाम सन्धिखर्कमा सम्बोधन गदै सभापति मुस्कानले नेपाल दलित संघले पार्टिलाई मजबुद बनाउन राम्रो सहयोग गरेको बताउनु भयो ।
त्यस्तै बिशिष्ट अतिथि प्रदेश सांसद प्रकाश स्नेहीले नेपाली कांग्रेसले दलितका हक र अधिकारका लागि सधै अग्रपंतिमा रहेर आवाज उठाउने बताउनु भयो । कार्यक्रममा नेपाली कार्यक्रममा नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति पिताम्बर भुसाल ,कमल प्रसाद भुसाल ,प्रदेश सांसद निर्मला क्षेत्री, जिल्ला उपसभापति शान्ता भण्डारी लगायतले मनतब्य राख्दै जिल्लाको बिकासकालागी आम नागरिकमाँझ बिकास निर्माणका योजना लिएर जाने बताउनु भएको थियो ।
अबिधेशनमा नेपाली कांग्रेसका महासमिति सदस्य केशब श्रेष्ठ , यादब घिमिरे ,कांग्रेस नेता हरि बहादर खड्का , नेपाल ट्रेडयुनीयनका प्रदेश सदस्य नन्दराम भट्टराई , नेपाल दरुण दलका नारायण खड्का , नेपाल बिद्यार्थी संघकी केन्दिय महामन्त्रि ललिता सुनार , जिल्ला उपाध्यक्ष नेत्र मरमसिनी , प्रेस युनियनका सुर्य प्रसाद भुसाल लगायतले सुभकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रमको मणिराम परियारको अध्यक्षता र पृतम दलितको संचालनमा सम्पन्न भएको हो । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ ।